हजारौं इपिएस पिडितकाे लागि खुसिकाे खबर, कात्तिक १० गतेबाट काेरियाले नेपाली श्रमिक लैजादै
हजारौं इपिएस पिडितकाे लागि खुसिकाे खबर, कात्तिक १० गतेबाट काेरियाले नेपाली श्रमिक लैजादै
    • Bell Sanchar

    • २१ आश्विन २०७८, बिहीबार

ईपीएस परीक्षा पास गरेर प्रक्रिया पूरा गरेका ५० जना नेपाली कामदार आगामी अक्टोवर २७ अर्थात आउदो कात्तिक १० गते बाट मा दक्षिण कोरिया जाने भएका छन् ।लामो समय देखि अबरुद्ध श्रमिक लैजाने काम ओैपचारिक रुपमा कात्तिक १० बाट सुरु हुने पक्का भएको छ ।                                                  सिंहदरबारमा आइतबार बसेको राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सरकारले दक्षिण कोरियामा कामदार पठाउने प्रक्रिया सुरु गरेको र पहिलो चरणमा ५० जना नेपाली कामदार आगामी अक्टोवर २७ मा त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिए ।उनले ११९ जनामध्ये पहिलो चरणमा ५० जनालाई पठाइने र अन्यको भिसा प्रक्रिया सुरु गरिने बताए ।                          कोरिया जाने कामदारको क्वारेन्टाइन र बीमाका बारेमा देखिएको समस्या समाधान भइरहेको उनले बताए ।प्रक्रिया पूरा गरेर बसेका अन्य कामदारको हकमा कोरियाबाट नामसहितको पत्र आएपछि पुन पठाउन सुरु गरिने उनको भनाइ छ । बैठकमा मुख्य सचिव शंकरदास बैरागीले कोरिया जानका लागि अहिले कोरियन एयरलाइन्सको मात्र सिधा उडान रहेकोमा निकै महङ्गो पर्ने देखिएको बताए ।कामदार आफैले टिकट काटेर जाँदा लागत चार गुणासम्म महङ्गो पर्न जाने देखिएको उनले बताए । बैठकमा समिति सदस्यहरुले ईपीएस परीक्षा पास गरेका कामदारहरुलाई समेत दक्षिण कोरिया पठाउने काममा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

साताकाे चर्चित
सम्बन्धित