मन्त्री हमालद्वारा राजीनामाको घोषणा
मन्त्री हमालद्वारा राजीनामाको घोषणा
    • Bell Sanchar

    • २४ आश्विन २०७८, आईतवार

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामाको घोषणा गरेका छन् । रिपोर्टर्स नेपालका लागि ऋषि धमलासँग कुरा गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।‘मैंले राजीनामाको घोषणा गरें,’ मन्त्री हमालले भने, ‘प्रधानमन्त्रीज्यूसँग भेटेर राजीनामा बुझाउँदैछु ।’ उनले आफू पदका लागि राजनीति नगरेको बताए । लामो समय नेपाली काँग्रेसमा रहेर राजनीति गरेको उल्लेख गर्दै भने, ‘मैंले पदका लागि राजनीति गरिनँ र गर्ने पनि छैन ।’                  आफू लो प्रोफाइलमा बसेर मोफसलमै सक्रिय रहेको स्पष्ट पारे ।मन्त्री हमालले आफ्नो नियुक्तिमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको कुनै भूमिका नरहेको बताए ।                           नियुक्तिमा प्रधानन्यायाधीशलाई मुछ्नुले आफू आश्चर्यचकित भएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो लामो राजनीतिक सक्रियतालाई दृष्टिगत गरी नियुक्त गरेको ठानेको र आफूलाई त्यसबारे थाहा पनि नभएको बताए । उनले भने, ‘मलाई मन्त्री बन्दैछु भन्ने पनि थाहाथिएन ।’प्रधानन्यायाधीश जबराका नातेदार हमाललाई उनकै चाहना बमोजिम नियुक्ति दिएको भन्दै विभिन्न क्षेत्रबाट आलोचना भएपछि हमालले राजीनामाको घोषणा गरेका हुन् ।२२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा घोषणा गर्नुलाई अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्री देउवाले झण्डै तीन महिना लगाएर मन्त्रिपरिषदलाई पूर्णता दिदा हमालले महत्वपूर्ण मन्त्रालयको जम्मेवारी पाएका थिए । उनी देउवा सरकारमा राजीनामा घोषणा गर्ने पहिलो मन्त्री भएका छन् ।

साताकाे चर्चित
सम्बन्धित