दोहामा अमेरिका र तालिबानबीच वार्ता हुँदै
दोहामा अमेरिका र तालिबानबीच वार्ता हुँदै
    • Bell Sanchar

    • २६ आश्विन २०७८, मंगलवार

दोहा : अफगानिस्तानबाट आफ्ना सैकिनक फिर्ता गरेपछि पहिलोपटक उच्चस्तरीय अमेरिकी डेलिगेसन टोलीले दोहामा तालिबानका बरिष्ठ प्रतिनिधिलाई भेट्ने भएको छ ।             दुईजना अमेरिकी अधिकारीले रोयटर्सलाई बताएअनुसार शनिबार र आइतबार दोहामा भेटवार्ता हुँदैछ । उच्चस्तरीय अमेरिकी डेलिगेसन टोलीमा स्टेट डिपार्टमेन्टका प्रतिनिधि, अमेरिकी सहयोग नियोग र अमेरिकी गुप्तचर निकायका प्रतिनिधि सहभागि हुने भएका छन् । उक्त वार्तामा अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिकको सुरक्षित बहिर्गमन र अपहरण गरिएका भनिएका आफ्ना नागरिक मार्क फ्रेइरिक्सलाई रिहा गर्न दबाब दिने बताइएको छ ।साथै, अमेरिकी टोलीले आर्थिक संकटको सामना गरिरहेको अफगानिस्तानमा मानवीय सहायताको पहुँच र अफगानिस्तानको भूमिलाई अलकायदासहितका इस्लाम कट्टरपन्थीको उर्वरभूमि बन्नबाट रोक्न समेत दबाब दिने रोयटर्सले जनाएको छ ।तर, तालिवानसँगको वार्तामा विशेष भूमिका खेलेका अमेरिकी प्रतिनिधि जाल्मे खालिजाद भने यो वार्तामा सहभागि छैनन् । तालिबानको तर्फबाट मन्त्रिपरिषद्का केही अधिकारी सहभागी हुने भएका छन् ।

साताकाे चर्चित
सम्बन्धित