जापानमा डिसेम्बरबाट कोभिड खोपको तेस्रो डोज सुरु हुनेछ: प्रधानमन्त्री किशिदा
जापानमा डिसेम्बरबाट कोभिड खोपको तेस्रो डोज सुरु हुनेछ: प्रधानमन्त्री किशिदा
    • Bell Sanchar

    • २६ आश्विन २०७८, मंगलवार

प्रधानमन्त्री फुमियो किशिदाले मंगलबार संसदमा बोल्दै सरकारले डिसेम्बरमा जापानमा कोभिड १९ खोपको तेस्रो डोज लगाउन सुरुवात गर्ने बताएका छन् । यसको लागि सम्पूर्ण लागत सरकारले व्यहोर्ने किशिदाको भनाई छ । अर्थात् यसअघि जस्तै खोपको सबै खर्च सरकारले व्यहोर्ने भएकाले खोप लगाउने व्यक्तिले पैसा तिर्नु पर्दैन । स्वास्थ्य मन्त्रालयले गत महिना एक निर्णय गर्दै सुरुवातमा कोभिड १९ खोप प्राप्त गरेका व्यक्तिहरुको कम्तीमा आठ महिना बितिसकेको जनाउँदै अध्ययनहरुलाई उद्दृत गर्दै एन्टिबडीको क्षमता समयसँगै घट्दै जाने भएकाले तेस्रो खोपको आवश्यकता रहने बताएको थियो ।जापानमा भ्याक्सिन लगाउने काम गत बर्षको फेब्रुवरीमा चिकित्साकर्मीहरुबाट सुरुवात गरिएको थियो । साथै ६५ बर्ष माथिका मानिसहरु, अन्तर्निहित रोग भएका व्यक्ति र अन्त्यमा सर्वसाधारणको लागि सुरुवात गरिएको थियो । ‘हामी डिसेम्बरसम्ममा खोप शुरू हुनेछ भन्ने धारणाको आधारमा तयारी गर्दैछौं’ संसदमा बोल्दै किशिदाले भनेका छन् । जापानले अक्टुबर १ बाट टोकियो र १८ प्रान्तहरुमा लगाइएको आपतकालिन अवस्था हटाए पछि देशव्यापी संक्रमणमा लगातार गिरावट आइरहेको छ । यस बीच सामाजिक र आर्थिक गतिविधिहरु लाई पूर्व महामारी स्तरमा पुनर्स्थापित गर्ने तयारी सहित सरकारले अन्य आर्थिक प्याकेजपनि ल्याउने बताउँदै आएको छ ।टोकियोमा दैनिक संक्रमण १ सय भन्दा कम पुष्टि भइरहेको छ भने देशभरमा दैनिक ४ सयको हाराहारीमा पुष्टि हुन थालेको छ । जापानले आवासिय भिषा भएकालाई आउजाउ खुलाएको छ भने जापानीहरु पनि देशभित्र र बाहिर यात्रामा निस्कन थालेका छन् । स्वास्थ्य विशेषज्ञहरुले जाडो मौसममा भाइरसको सम्भावित पुनरुत्थानको चेतावनी दिंदै सुरक्षात्मक उपायहरुमा कडाई गर्न सुझाव दिंदै आएका छन् ।

साताकाे चर्चित
सम्बन्धित