यी पुरुषका ३९ पत्नीसहित सन्तान एउटै घरमा
यी पुरुषका ३९ पत्नीसहित सन्तान एउटै घरमा
    • Bell Sanchar

    • २८ आश्विन २०७८, बिहीबार

यी हुन् जिओना । यीनको ३९ पत्नी र २ सय जति सन्तान दरसन्तान छन् । जिओनाको सन्तान दरसन्तान एउटै घरमा बस्छन् । उनले पत्नी र यति धेरै सन्तानलाई एउटै घरमा व्यवस्थापन गरेपछि धेरैले परिवारबारे अध्ययन समेत गरे ।जिओना भारतको मिजोराम राज्यको चुआन थार तिआननुम गाउँका बासिन्दा हुन् । उनले ७६ वर्ष उमेरसम्म संयुक्त परिवारको उदाहरण प्रस्तुत गरे ।यसै वर्ष जिओनाको ७६ वर्षको उमेरमा निधन भएको छ । मधुमेहका विरामी उनको सोही रोगका कारण निधन भएको थियो ।जिओनाको निधन भएपछि चुआन थार तिआननुम गाउँमा यो संयुक्त परिवार अझै चल्दैछ ।जिओनाले पहिलो पत्नीसँग १५ वर्षको उमेरमा सन् १९५९ मा विवाह गरेका थिए । २४ वर्षको उमेरमा दोस्रो विवाह गरे । पछिल्लो विवाह उनले २५ वर्षीया युवतीसँग सन् २००४ मा विवाह गरेका थिए ।कतिपय छोरीहरु विवाह गरेर गएका छन् । उनको चार तल्ले विशाल घरमा अझैपनि १६२ जना बस्दै आएका छन् । उनको परिवारलाई हेर्नकै लागि गाउँमा पर्यटक आउने गरेका छन् ।-
एजेन्सीको सहयोगमा

साताकाे चर्चित
सम्बन्धित