अर्को हप्ताबाट ‘गो टू इट’ अभियान पुन सुरु हुने
अर्को हप्ताबाट ‘गो टू इट’ अभियान पुन सुरु हुने
    • Bell Sanchar

    • ३० आश्विन २०७८, शनिबार

जापान-चिबा प्रिफेक्चरले ‘गो टू इट’ अभियान अर्को साताबाट पुन सुरु गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको फैलावटको कारण १० महिना देखि स्थगित गरिएको अभियानलाई आगामी साताबाट सुरु गरिने प्रिफेक्चरका गर्भनरले बताएका हुन् । प्रिफेक्चरका गर्भनर कुमागाईले अक्टोबर १४ मा आयोजित एक पत्रकार सम्मेलनमा यस्तो खुलासा गरेका हुन । चिबा प्रिफेक्चरले ‘गो टू इट’ को लागी प्रीमियम खाना भौचर जारी गत बर्ष डिसेम्बर देखि बन्द गरेको छ । बाहिर खाना खान जान प्रिफेक्चर भित्रका नागरिकहरुको लागि प्रोत्साहित गरिने कुपन आगामी साताबाट वितरण थालिने भएको छ । यस्तो कुपन लिएर खाना खाँदा तोकिएका रेष्टुरेण्टहरुमा विशेष छुट पाईन्छ ।‘संक्रमणको स्थिति शान्त छ र म प्रिफेक्चरमा आर्थिक सुधारमा सहयोग गर्न चाहन्छु’ गर्भनर कुमागाईले भने ‘हामीले बिस्तारै दैनिकिलाई सहज बनाउनु पर्छ र मागमा विविधता ल्याउनु पर्छ ।’ एकसाथ सबै खुल्ला गर्नुभन्दा क्रमश गरिनुपर्ने गर्भनरको भनाई छ । नयाँ खाना टिकटको बिक्रीको सन्दर्भमा भविष्यको संक्रमणको स्थितिमा विचार गरिने गर्भनर कुमागाईले स्पट पारे ।एकै समयमा परिफ प्रिफेक्चरले आफ्नै आवास विशेष उपचार अभियान जारी गर्ने भएको छ । यस क्रममा विशेष उपचार टिकटको उपयोग तब शुरू गरिनेछ । प्रिफेक्चरका नागरिक एक्लै वा उनीहरुको परिवार संग यात्रा थाल्ने काम सँगै दुवै अभियान सुरु हुने भएको छ । दुबै अभियानको लागी म्याद समाप्त हुने मिति डिसेम्बर १५ रहेको छ । उनले रेस्टुरेन्टहरुको लागी व्यापार समय छोटो बनाउन गरिएको आग्रह अक्टोबर २४ तारिखसम्म मात्र रहेको बताए । तत्त पश्चात हालकै अवस्थामा सुधार देखिएका सबैखाले प्रतिबन्धात्मक अनुरोध हटाईने कुमागाईको भनाई छ ।

साताकाे चर्चित
सम्बन्धित