गगन थापाले पाए विश्व बैंक तथा अन्तर्राष्ट्रिय मौद्रिक कोषमा ठुलो जिम्मेवारी
गगन थापाले पाए विश्व बैंक तथा अन्तर्राष्ट्रिय मौद्रिक कोषमा ठुलो जिम्मेवारी
    • Bell Sanchar

    • ३ कार्तिक २०७८, बुधबार

नेपाली कांग्रेसका नेता गगन थापा विश्व बैंक तथा अन्तर्राष्ट्रिय मौद्रिक कोष अन्तर्गत संसदीय नेटवर्कको बोर्ड सदस्यमा निर्वाचित भएका छन्।

उनी सन् २०२१–२३ का लागि बोर्ड सदस्य निर्वाचित भएको नेता थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।  सो नेटवर्कमा विश्वका १४० भन्दा बढी सांसदहरु आवद्ध छन्।

‘नेटवर्कको बोर्डमा रही विश्वका १४० भन्दा बढी देशका सांसदहरूसँगै अबको दुई वर्ष समावेशी विकासका लागि काम गर्न उत्साहित छु’ थापाले भनेका छन्।

साताकाे चर्चित
सम्बन्धित