कपालमा चायाँ परेर दिक्क हुनुहुन्छ? अपनाउनुस यी तरीका
कपालमा चायाँ परेर दिक्क हुनुहुन्छ? अपनाउनुस यी तरीका
    • Bell Sanchar

    • ४ पुष २०७८, आईतवार

चायाँ खासगरी टाउकोको छालामा रहेका मृत्त कोशिकाहरुका कारण हुन्छ। कपालमा चायाँ पर्नु एक आम समस्या हो। यसको कारण खराब जीवनशैली र बदलिदो मौसम हुन सक्छ। यसबाहेक चायाँ बढ्दै गएपछि कपाल चिलाउने र  झर्न सुरु हुनेहुन्छ।

जाडो मौसममा मालासेजिया नामको फङ्गस पनि धेरै हुन्छ, जसका कारण कपालमा चायाँ पर्ने समस्या हुन्छ। जब सुख्खा र चिसो हावा कपालको जरासम्म पुग्छ, हाम्रो टाउकोको छाला जहाँबाट कपालको जरा सुरु हुन्छ। त्यसमा सुख्खापना तथा पत्र भएको चायाँ उत्पन्न हुन्छ र त्यो चिलाउन थाल्छ। हामी यसलाई नै चायाँ भन्ने गर्दछौं।

यदि तपाईंको टाउकोको छाला बढी संवेदनशील छ भने हेयर प्रोडक्ट र स्टाइलिङ प्रोडक्ट प्रयोग गर्नाले पनि टाउकोको छाला सुख्खा हुन्छ। जसका कारण चायाँको समस्या बढ्छ।

तेल मालिस

खासगरी चायाँको सबैभन्दा प्रभावकारी उपचार हो तेल मालिस। तेल मालिसबाट कपाललाई पोषण मिल्छ। टाउकोको मांशपेशीहरु उत्तेजित हुन्छन् र रक्तसञ्चार पनि तीब्र हुन्छ जसले गर्दा कपाल स्वस्थ, सुन्दर, बाक्लो र लामो हुन्छ। त्यसैले हप्तामा एकपटक तेल लगाएर कपालको मालिश गर्नु अति आवश्यक छ।

कागतीको प्रयोग

कागतीको रसमा भिटामिन सी, ए, बी, फस्फोरस र एन्टिअक्सीडेन्ट पाइन्छ, जसले कपाल चमकदार र बाक्लो बन्छ।
कपालमा चायाँ छ भने तातो तेलमा कागतीको रस हालेर मालिस गर्दा चायाँ हट्छ। साथै कपाल झर्न पनि रोकिन्छ। नुहाउनुभन्दा अगाडि कागतीको रसले टाउको मालिस गरेर कपाल धुनाले पनि फाइदा पुग्छ।

नुन पानीले नुहाउने

नुन पानीले नुहाउनाले रक्तसञ्चार राम्रो हुन्छ। कपालमा भएको किटाणु हट्नुको साथै चायाँ पुनः आउँदैन। कपाल स्वस्थ र चम्किलो हुन्छ। नुनपानीले छालाको मृत कोशिकाहरुलाई निकाल्न सहयोग गर्छ। दिनहुँ त्यो पानीले नुहाउनाले छाला कोमल र चमकदार हुन्छ।

पानी धेरै पिउने

जाडो मौसममा सामान्यतया पानी पिउँदा चिसो महसुस हुन्छ। त्यसैले प्रायः मानिस जाडोमा पानी कम पिउँछन्। तर, यसो गर्दा तपाईंको छाला र कपाल दुबै सुख्खा हुन्छ र यसले चायाको समस्या बढ्छ। त्यसैले चायाँ नओओस भन्नका लागि पर्याप्त पानी पिउनु आवश्यक छ।

अमलाको प्रयोग

कपाललाई पोषण दिन अमलाको तेल लगाउन सकिन्छ। वा तुलसी र अमलाको पाउडरको लेप बनाएर यस लेपद्वारा टाउकोमा मालिस गर्न सकिन्छ। आधा घन्टाका लागि यो लेप लगाइरहनुपर्छ। यसपछि सेम्पुले कपाललाई राम्रोसँग धुनुपर्छ। चायाँको समस्या समाधानका लागि यो एकदमै प्रभावकारी उपाय हो।

मेथीको प्रयोग

मेथीमा निकोटिनिक एसिड वा प्रोटीन पाइन्छ जसले कपालको जरालाई पोषण दिन्छ। मेथीको लेपलाई आफ्नो कपाल र शिरमा आधा घन्टाका लागि लगाउनुपर्छ। त्यसपछि कपाललाई कुनै राम्रो सेम्पुले धुनुस। यसबाट चायाँ हट्नेछ,

नरिवलको तेल अथवा ओलिभ ओयलमा कपूर मिलाएर कपाल मसाज गर्ने। यसले चायाँको समस्या कम हुन्छ।

साताकाे चर्चित
सम्बन्धित