तपाईको आज : २०७८ पुस १० गते आइतवारको राशिफल
तपाईको आज : २०७८ पुस १० गते आइतवारको राशिफल
    • Bell Sanchar

    • ११ पुष २०७८, आईतवार

मेष–आज ठूला व्यक्तिले तपाईँका मेहनतको प्रसङ्ग गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा ह्रास आउन सक्छ ।

वृष–कतै घुम्न जाने योजना बन्न सक्छ । प्राविधिक काममा सफलता मिल्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मिथुन–आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि र मन प्रसन्न पनि रहला ।

कर्कट–आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेको कार्यबाट सफलता मिल्नेछ ।

सिंह–आज भाग्यमा वृद्धि हुने र पारिवारिक सुखको योग छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

कन्या–आज झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । शत्रुपक्ष पनि हावी हुन सक्नेछन् ।

वृश्चिक–नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अनावश्यक खर्चबाट पनि बच्न सकिन्छ ।

तुला–आज सफल यात्रा हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दाजुभाइ वा मित्रबाट विशेष सहयोग पनि मिल्न सक्छ ।

धनु–आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो हुने र व्यापार र व्यवसाय फस्टाउनेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

मकर–आज वचन दिँदा विचार गरेर बोल्नु पर्नेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । चोटपटकको भय पनि रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ ।

कुम्भ–आज अकस्मात् सफलता पाइन सक्छ, तर अपमानको सम्भावना पनि रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । शैक्षिक क्षेत्र पनि राम्रै रहला ।

मिन–आज सरुवा र बढुवाको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । रोकिएको धन पनि हातलागी हुनसक्छ ।

साताकाे चर्चित
सम्बन्धित