आजको पञ्चाङ्ग : कस्तो छ आजको दिन ?
आजको पञ्चाङ्ग : कस्तो छ आजको दिन ?
    • Bell Sanchar

    • ११ पुष २०७८, आईतवार

आज पुस, ११ गते, डिसेम्बर महिनाको २६ तारिख आइतवार ।

पौषकृष्णपक्ष सप्तमी तिथि, आज रविसप्तमीव्रत पनि हो । उत्तरफाल्गनी नक्षत्र, आयुष्मान योग, चन्द्रमा सिंह राशिमा रहेको छ । आज विहान सूर्योदय ६ः५४ मिनेटमा, सूर्यास्त ५ बजेर १४ मिनेटमा हुनेछ । हरेक आइतवारको दिन विहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु उत्तम मानिन्छ ।

आज विहान ११ः४४ देखि १२ः२५ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य र नयाँ कामको थालनी गर्न सकिन्छ । बेलुका ३ः५९ देखि ०५ः१७ सम्म राहुकाल रहेको छ । सकेसम्म राहुकालको समयमा कुनैपनि शुभ कार्य नगर्नु भनेर उल्लेख गरिएको छ । आजको देवता चन्द्र र ग्रहदेव केतु रहेको छ । सरकारी कामकाग गर्नु छ भने आइतवारको दिन शुरुवात भयो भने साताभित्र काम सम्पन्न हुनेछ ।

साताकाे चर्चित
सम्बन्धित