नेपाल सनातन धर्म संस्कृति संगठनको केन्द्रीय बैठक सम्पन्न
नेपाल सनातन धर्म संस्कृति संगठनको केन्द्रीय बैठक सम्पन्न
    • Bell Sanchar

    • १३ पुष २०७८, मंगलवार

नेपाल सनातन धर्म संस्कृति संगठनको बैठक पौष ९ र १० गते संगठनको अध्यक्ष पुष्पराज पुरुषज्यूको अध्यक्षतामा देवघाट स्थित श्री गलेश्वर आश्रममा सम्पन्न भएको छ। बैठकले देहाय बमोजिमका निर्णयहरु गरेको छ।

 

१) नेपाल सनातन धर्म संस्कृति संगठनको केन्द्रीय अध्यक्ष ज्यू लगायत सचिवालय,कोषाध्यक्ष ज्यूले प्रस्तुत गर्नु भएको प्रतिवेदनहरु सहभागीहरुबाट आएको सुझाव समेटेर पास गर्ने निर्णय गरेको छ।

२) कार्यपत्रमा भएको विषयहरु आफु मातहतका संगठनमा लागु गर्ने र स्थानिय निकायमा संगठन विस्तार गर्ने निर्णय गरेको छ।

३) देशमा भएका तिर्थस्थलको नाम र स्थान सङ्कलन गर्ने र अभिलेख राखेर संरक्षण गर्ने निर्णय गरेको छ।

४) संगठनको स्थायित्व र आन्दोलनको लागि धर्मकोष बढाउने निर्णय गरेको छ।

५) आवश्यकता हेरेर विभिन्न क्षेत्रमा योग,साधना,धर्म ,राजनीति ,व्यापार ,कला , संस्कार ,संस्कृति र सनातन पूजा पद्धति लगायत सबै विषयमा प्रशिक्षण कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ।

६) ॐकार परिवारका स्वदेशी खानपान,रहनसहन,भेषभूषा र सनातन जीवनशैली अवलम्बन गर्ने कार्य घरघरबाट सुचारु गर्ने निर्णय गरेको छ।

७) राष्ट्रियता प्रति समर्पित हुँदै गौवंश संरक्षण , संस्कार परिवर्तन विरुद्ध जागरण,ॐकार परिवारका सनातन मुल्य मान्यतामा अवस्थित नेपालका सबै थरी संस्कार र संस्कृतिमा रहेका आस्थाका धरोहरहरुको रक्षाको लागि टोल टोलमा सकृय रहने निर्णय गरेको छ।

८) धार्मिक क्षेत्रको एउटै शक्तिकेन्द्र हुने गरि धार्मिक एकता र धर्ममान्ने राजनीतिक दलहरुको एउटै शक्तिकेन्द्र हुने गरि विभिन्न पार्टी ,समुह ,संगठन र धार्मिक अगुवाहरुको बिचमा एकता वा सहकार्य गराएर नेपालको सनातन शक्तिको मुलधारलाई अगाडि बढाउन पहल गर्ने निर्णय गरेको छ।

९) धार्मिक आन्दोलन सुरु गर्ने र आन्दोलनको कार्यक्रम बनाउन धार्मिक क्षेत्रको सद्भाव ,सुझाव र सहकार्यमा निर्णय गर्ने निर्णय गरेको छ।

१०) धर्म नमान्ने दल ,दलका नेता लगायत विधर्मी वाद र विचारहरुलाई समर्थन र सहकार्य नगर्ने र अबका दिनमा धर्म नमान्ने व्यक्ति र राजनीतिक दललाई भोट नदिने अभियान सञ्चालन गर्ने निर्णय सर्वसहमतिमा निर्णय गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित