फागुन १९ गते, तपाइँको आजको राशीफल
फागुन १९ गते, तपाइँको आजको राशीफल
    • Bell Sanchar

    • १९ फाल्गुन २०७८, बिहीबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझाव प्रति विश्वास नलाग्न सक्छ । काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । विभिन्न सहयोग र उपहार पाइनेछ । आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । खर्च गरेर पनि फाइदा उठाउन नसकिएला । ठूलो प्रयत्न गर्दा उपलब्धि उठाउन मुस्किल पर्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने समय छ । रमाइलो यात्राको समेत मौका छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ  ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) बन्धु बान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा पनि राम्रै प्रगति होला । बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च बढ्ने योग छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । अरूले आलोचना गर्न सक्छन् । काममा रोकावट र मान सम्मानमा आघात पुग्ने समय छ । पठन पाठनमा त्यति समय दिन नसकिएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । यात्राको व्यवस्थापनमा खर्च हुनेछ । द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानी साथ जुट्नुपर्नेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । पढाइ लेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । सामाजिक क्षेत्रमा नेतृत्व हात लागी हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नुपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । तपाईंको कमजोरी माथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) काममा अवरोध आउने समय छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । आयआर्जन पनि राम्रै हुनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ ।

 

साताकाे चर्चित
सम्बन्धित