तपाईको यो साता (२०७८ फागुन २२ गतेदेखि २७ सम्मको साप्ताहिक राशिफल)
तपाईको यो साता (२०७८ फागुन २२ गतेदेखि २७ सम्मको साप्ताहिक राशिफल)
    • Bell Sanchar

    • २२ फाल्गुन २०७८, आईतवार

मेष–यो साता शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नाक तथा घाँटीमा समस्या आउन सक्छ । सामान हराउने सम्भावना छ, सचेत रहनुहोला । मध्य साताबाट सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग खैरो वा हल्का पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष–यो साता उपहार पाइनसक्छ । छोटो दुरीको लाभदायक यात्रा रहला । दाम्पत्य जीवन सुखमय हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । यो साताका लागि शुभअङ्क २,८ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मिथुन–यो साता पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वैदेशिक कार्य अघि बढ्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । बुधबार बाट प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ। शैक्षिक क्षेत्र पनि कमजोर रहन सक्छ । यो साताका लागि शुभअङ्क १,९ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट–यो हप्ता टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । चिताएको कामले तीव्रता लिनसक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घ्यू रङ्ग वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह–यो साता फजुलको खर्च बढ्न सक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र पनि कमजोर रहनेछ । मङ्गलवारबाट कुनै समाचारले मनमा शान्ति छाउनेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । सामाजिक क्षेत्रबाट गतिलो साथ र समर्थन मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कन्या–यो साता कीर्तिमानी काम गर्ने समय छ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाजुभाइ तथा दिदीबहिनीले तपाईंका विचारलाई समर्थन गर्नेछन् । सन्तान सुख पनि मिल्न सक्छ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

तुला–यो साता प्रेम र मित्रताको बन्धन कसिने बेलाछ । सामाजिक र राजनैतिक कार्य अघि बढ्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । साताको मध्यमा नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग वैजनी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक–यो साता लाभदायक यात्राहरू हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्था र शेयरबाजारबाट राम्रै सफता मिल्न सक्छ । मंगल कार्यको योगछ र सन्तान सुख पनि मिल्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । खनपिनमा विचार पनि पुर्याउनु पर्छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग ध्वाँसे वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

धनु–यो साता नयाँ कामको थालनी हुनेछ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । मध्य सातामा लत्ता कपडामा बढी धन खर्च हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको दर्शन गरि कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

मकर–यो हप्ता जोश जाँगर र हिम्मत वढ्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउन सक्छ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग हरियो वा खैरो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ–रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग सेतो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीजीको स्मरण गर्नाले राम्रो हुनेछ ।

मिन–यो साता धार्मिक यात्राको योगछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । घरमा अतिथिको आगमन पनि हुनेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग नोलो या पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

साताकाे चर्चित
सम्बन्धित