फ्रान्सेली प्रतिनिधि मण्डलले भेटे राष्ट्रपति
फ्रान्सेली प्रतिनिधि मण्डलले भेटे राष्ट्रपति

सो अवसरमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयका कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

    • Bell Sanchar

    • २६ फाल्गुन २०७८, बिहीबार

फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधि मण्डलले  राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ।

नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको  प्रतिनिधि मण्डलले राष्ट्रपति भवन महाराजगञ्जमा भेट गरेको हो।

नेपाल–फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा आएको प्रतिनिधि मण्डलमा समूहका उपाध्यक्षद्वय निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर छन्।

सो अवसरमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयका कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित