यूक्रेनी अस्पतालमा आफूले आक्रमण नगरेको रूसको दाबी
यूक्रेनी अस्पतालमा आफूले आक्रमण नगरेको रूसको दाबी
    • Bell Sanchar

    • २८ फाल्गुन २०७८, शनिबार

मस्को । रूसले यूक्रेनको अस्पतालमा आक्रमण नगरेको दाबी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा रूसी सेनाले यूक्रेनका सबै विद्यालय, अस्पताल र घनाबस्तीका शहरलाई आक्रमणको निशाना बनाएर भग्नावशेषमा परिणत गरिदिएको भन्ने समाचारहरू आइरहेका समयमा यूक्रेनी अस्पतालमा रूसले कुनै आक्रमण नगरेको बताएको हो ।

यूक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले पनि बुधबार अस्पतालमा भएको बम विष्फोटमा एक बालकसहित तीन जनाको मृत्यु भएको बताएका थिए । तर, त्यसलाई रुसले भने अस्वीकार गरेको हो ।

यसैबीच, यूक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लयादिमिर पुटिनले आत्मविश्वासका साथ झुठो बोल्ने गरेका पनि आरोप लगाएका छन् ।

रूसले यूक्रेनमाथि आक्रमण गर्न सुरु गरेपछि विश्वभर रूसको आलोचना भइरहेको छ । १५ लाख भन्दा बढी यूक्रेनी नागरिक रुसी आक्रमणबाट जोगिन आफ्नो देश छोडेर छिमेकी मुलुकमा पुगेका छन् ।

साताकाे चर्चित
सम्बन्धित