निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह विजयी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह विजयी

सभापतिका लागि सिंहसहित निकोलस पाण्डे र हुमनाथ कोइराला प्रतिस्पर्धामा थिए।

    • Bell Sanchar

    • ३० फाल्गुन २०७८, सोमबार

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन्।

महासंघको १२ औं महाधिवेशनबाट महादेव खिम्ती निर्माण सेवाका प्रमुख सिंह दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

सभापतिका लागि सिंहसहित निकोलस पाण्डे र हुमनाथ कोइराला प्रतिस्पर्धामा थिए।

सिंहले ८०७ मत ल्याएर निर्वाचित हुँदा निकोलसले ३४२ र हुमनाथले ३२ मतमात्रै पाएका थिए।

वरिष्ठ उपाध्यक्षमा आङ दोर्जी लामा, टोपबहादुर रायमाझी र रामजी पन्थ निर्वाचित भए।

महासचिवमा रोशन दाहाल विजयी भए। उपमहासचिवमा शिवहरि घिमिरे र नरहरि थपलिया विजयी भएका छन्।

कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सन्तोष साह विजयी भएका छन्।

साताकाे चर्चित
सम्बन्धित