क्यानडा र अमेरिकाको संसदलाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्की
क्यानडा र अमेरिकाको संसदलाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्की

उनले क्यानडाको स्थानीय समयअनुसार बिहान साढे १० बजे सम्बोधन गर्ने तालिका छ।

    • Bell Sanchar

    • १ चैत्र २०७८, मंगलवार

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्यानडा र अमेरिकी सदनलाई सम्बोधन गर्ने भएका छन्।

उनले मंगलबार क्यानडाको सदन र बुधबार अमेरिकी सिनेट तथा हाउस अफ रिप्रिजेन्टेटिभ्समा भर्चुअल माध्यमबाट सम्बोधन गर्न लागेको सिएनएनले जनाएको छ।

उनले क्यानडाको स्थानीय समयअनुसार बिहान साढे १० बजे सम्बोधन गर्ने तालिका छ।

उनलाई क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदमा सम्बोधन गर्न आमन्त्रण गरेका थिए। प्रधानमन्त्री ट्रुडोले सम्बोधन गरेपछि जेलेन्स्कीले सम्बोधन गर्नेछन्।

युक्रेनमा रूसले गरेको आक्रमणबारे जानकारी गराउन राष्ट्रपति जेलेन्स्कीलाई सम्बोधनका लागि निम्त्याइएको हो।

अमेरिकी सदनमा पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्न लागेको हुँदा सबै संसदलाई बुधबारको सदनमा उपस्थित हुन सभामुख न्यान्सी पेलोसीले आग्रह गरेकी छन्।  पेलोसीले सबैलाई पत्र पठाएर आमन्त्रण गरेकी हुन्।

जेलेन्स्की त्यसरी सम्बोधन गर्नु युक्रेनी जनताको लागि सम्मान र प्रशंसाको कुरा भएको उक्त पत्रमा उल्लेख छ।

गत सातामात्रै अमेरिकी कंग्रेसले युक्रेनलाई १३ अर्ब ६० करोड डलरको आपतकालिन प्याकेज दिन स्वीकृती दिएको थियो।

जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोनमा कुराकानी समेत गरेका छन्।

त्यसक्रममा जेलेन्स्कीले बाइडेनलाई रूसमाथि लगाएको प्रतिबन्धलाई अझ कडा बनाउन आग्रह गरेका थिए।

अन्तर्राष्ट्रिय जलमार्गहरूबाट पनि रूसको पहुँच बन्द गराउन पनि जेलेन्स्कीले बाइडेनलाई आग्रह गरेको सिएनएनले जनाएको छ।

पेलोसीले पठाएको पत्रमा कंग्रेसले युक्रेनलाई गरेको समर्थनमा अमेरिका प्रतिबद्ध रहेको उल्लेख छ।

साताकाे चर्चित
सम्बन्धित