चीन : एप्पललगायतका ठूला कम्पनीले लकडाउनमा रोके काम, दुई करोडभन्दा बढी क्वारेन्टिनमा
चीन : एप्पललगायतका ठूला कम्पनीले लकडाउनमा रोके काम, दुई करोडभन्दा बढी क्वारेन्टिनमा
    • Bell Sanchar

    • २ चैत्र २०७८, बुधबार

कोरोनाको बढ्दो मामिलालाई मध्यनजर गर्दै चीनले व्यापक रुपमा लकडाउन लागू गरेको छ । यसका कारण थुप्रै बहुराष्ट्रिय कम्पनीले आफ्नो काम रोक्नुपरेको छ ।

लकडाउनका कारण करोडौँ जनताले प्रतिबन्धको सामना गर्नुपरिरहेको छ जसमा पूरा जिलिन प्रान्त र टेक्नोलोजी हब शेन्जेन समावेश छ ।यसपटक लकडाउनलाई चीनको हालसम्मको सबैभन्दा ठूलो लकडाउन मध्ये एक मानिँदै छ ।यसमा आर्थिक प्रभाव पनि देखिएको छ । टोयाटा, फक्सवेगन र एप्पलको आपूर्तिकर्ता कम्पनी फक्सकन ती कम्पनीमध्ये एक हो जुन लकडाउनद्वारा प्रभावित भएको छ ।

 

लकडाउनबाट आवश्यक सामानको आपूर्तिमा देखिने समस्याको विषयमा पनि चिन्ता जताइँदैछ ।

पाँच हजारभन्दा बढी संक्रमितः

चीनमा मंगलबार पाँच हजारभन्दा बढी संक्रमित भेटिएका थिए । यीमध्ये धेरैजसो संक्रमित जिलिन प्रान्तका हुन् ।यो प्रान्तका दुई करोड ४० लाख मानिसलाई सोमबार क्वारेन्टिनमा राखिएको छ ।कोरोना महामारीको सुरुवातमा उहान र हेबेईमा लगाइएको लकडाउनपछि पहिला पटक पूरै प्रान्तमा प्रतिबन्ध लगाइएको छ ।

जिलिनका जनतालाई बाहिर घुम्न प्रतिबन्ध लगाइएको छ । यदि कोही प्रान्तबाट बाहिर जान चाहन्छ भने उसले प्रहरीको अनुमति लिन आवश्यक छ ।यसको एक दिन अघि एक करोड २५ लाखको जनसंख्या भएको दक्षिणी शहर शेनजेनमा लकडाउन लागू गरिएको थियो ।

यो पनिः
चीनमा फेरि कोभिडको त्रास, ३ करोड जनसंख्या लकडाउनमा

 

कम्पनीले के भने ?

एप्पलका लागि आइफोन बनाउने फक्सकनले सोमबार शेनजेनमा काम बन्द गरिदिएको छ । कम्पनीले आफूहरुले स्थानीय सरकारको सल्लाहपछि नै काम सुरु गर्ने बताएको छ ।

कम्पनीका अनुसार उनीहरुले चीनमा नै अन्य प्रोडक्सन साइटबाट उत्पादनमा आएको कमीको भरपाई गर्नेछन् ।जापानको कार निर्माता कम्पनी टोयोटाले जिलिन प्रान्तको चेन्गचुन शहरमा आफ्नो कारखाना बन्द गरेको छ । कम्पनीले कहिले काम सुरु गर्ने भनेर कुनै जानकारी दिएको छैन ।

जर्मनीको कार निर्माता कम्पनी फक्सवेगनले पनि चेंगचुनमा काम बन्द गरेको छ । कम्पनीले फक्सवेगन र अडी कारको उत्पादनमा प्रभाव पर्ने तर बिहिबारसम्म कारखाना खोल्ने कुरामा आफूहरु आशावादी भएको बताएको छ ।

 

साताकाे चर्चित
सम्बन्धित