जापानमा ७ दशमलव ३ म्याग्निच्यूटको शक्तिशाली भूकम्प
जापानमा ७ दशमलव ३ म्याग्निच्यूटको शक्तिशाली भूकम्प
    • Bell Sanchar

    • ३ चैत्र २०७८, बिहीबार

टोक्यो । जापानमा शक्तिशाली भूकम्प गएको छ ।

जापानको उत्तरपूर्वी क्षेत्र मियाकी र फुकुशिमामा बुधवार राति ११ः३६ बजे शक्तिशाली भूकम्प गएको जापान टाइम्सले जनाएको छ । उक्त भूकम्प ७ दशमलव ३ म्याग्निच्यूट मापन भएको समाचारमा उल्लेख छ । भूकम्पको धक्का राजधानी टोक्योसहित अधिकांश क्षेत्रमा महसुस भएको बताइएको छ । भूकम्पपछि एक मिटरसम्मको सुनामी आउनसक्ने भन्दै समुद्री तटका स्थानीयलाई सुरक्षित र सतर्क रहन अपील गरिएको छ ।

भूकम्पको क्षति विवरण नआए पनि कान्तो र तोहुको क्षेत्रका २३ लाख घरमा विद्युत बन्द भएको छ ।

फुकुशिमा आणविक केन्द्रमा भूकम्पको असर परे–नपरेकोबारे पनि विस्तृत विवरण आइसकेको छैन । भूकम्पपछि खोज र उद्दारमा लाग्न आपतकालीन टोली परिचालन गरिएको समाचारमा उल्लेख छ । भूकम्पपछि परकम्पनहरु आइरहने भएकोले धैर्य र सतर्क रहन आग्रह गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित