रोनाल्डो १६ वर्षपछि पहिलो पटक उपाधिविहीन
रोनाल्डो १६ वर्षपछि पहिलो पटक उपाधिविहीन

यसको अर्थ रोनाल्डो २००४/०५ को सिजनपछि पहिलो पटक ट्रफीविहीन भएर सिजनको अन्त्य गर्दैछन् । सन् २००४/०५ मा म्यानचेस्टर युनाइटेडमै हुँदा पनि उनले ट्रफी जितेका थिएनन् ।

    • Bell Sanchar

    • ४ चैत्र २०७८, शुक्रबार

काठमाडौं

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो १६ वर्षपछि पहिलो पटक उपाधिविहीन भएका छन् ।  रोनाल्डो सम्मिलित म्यानचेष्टर युनाइटेड स्पानिस क्लब एट्लेटिको मड्रिडसँग पराजित हुँदै च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएपछि रोनाल्डो उपाधिविहीन भएका हुन् ।

यसअघि रियल मड्रिड र युभेन्ट्समा रहँदा हरेक सिजन कम्तीमा एउटा उपाधि जितेका रोनाल्डोले म्यानचेष्टर युनाइटेडमै हुँदा पनि केही उपाधि जितेका थिए ।

तर यस पटक म्यानचेस्टर युनाइटेड लिग कपको तेस्रो चरणबाटै बाहिरियो भने एफए कपमा पनि चौथो चरणबाट अघि बढ्न सकेन ।

यस्तै युरोपियन च्याम्पियन्स लिगबाट समेत म्यानयू बाहिरिसकेको छ । प्रिमियर लिगमा टोटनहम हट्सपरविरुद्ध ह्याट्रिक गरेका रोनाल्डो आफैंले पनि एट्लेटिको मड्रिडविरुद्धको खेलमा भने राम्रो प्रदर्शन गर्न सकेनन् ।यसको अर्थ रोनाल्डो २००४/०५ को सिजनपछि पहिलो पटक ट्रफीविहीन भएर सिजनको अन्त्य गर्दैछन् । सन् २००४/०५ मा म्यानचेस्टर युनाइटेडमै हुँदा पनि उनले ट्रफी जितेका थिएनन् ।

साताकाे चर्चित
सम्बन्धित