जापानका प्रधानमन्त्री शनिबार भारत आउने
जापानका प्रधानमन्त्री शनिबार भारत आउने

यसअघिको वार्षिक सम्मेलन भने जापानको राजधानी टोकियोमा भएको थियो।  

    • Bell Sanchar

    • ४ चैत्र २०७८, शुक्रबार
  1. जापानका प्रधानमन्त्री फुमिओ किशिदा भोलि भारत भ्रमणमा आउने भएका छन्। दुई दिने भ्रमणका लागि उनी शनिबार भारतको संघीय राजधानी नयाँ दिल्ली उत्रिनेछन्।

    भ्रमणका क्रममा उनले १४ औं भारत-जापान वार्षिक सम्मेलनमा सहभागिता जनाउनेछन्।

    साप्ताहिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले जापानी प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी गराएका हुन्।

    हरेक वर्ष आयोजना गरिने भारत-जापान वार्षिक सम्मेलनको १४औं संस्करण यही मार्च १९ मा नयाँ दिल्लीमा हुन लागेको छ।यसअघिको वार्षिक सम्मेलन भने जापानको राजधानी टोकियोमा भएको थियो।

    अहिले हुने दुई पक्षीय उच्चस्तरीय भेटवार्तामा आपसी चासो, सरोकार र आपसी हितकै विषयमा कुराकानी हुने प्रवक्ता बगाचीले जानकारी दिए।

    भारत र जापानबीच बहुपक्षीय सम्वन्ध र सहकार्य हुँदै आएकाले त्यसलाई थप मजबुद बनाउने बारेमा ‍दुई प्रधानमन्त्रीबीच छलफल गर्ने कार्यक्रम रहेको  भारतको विदेश मन्त्रालयले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित