शिक्षिकाले कक्षामा गरेकी थिइन् गाली, विद्यार्थीले ३० वर्षपछि १०१ पटक चक्कुले हानेर गरे हत्या
शिक्षिकाले कक्षामा गरेकी थिइन् गाली, विद्यार्थीले ३० वर्षपछि १०१ पटक चक्कुले हानेर गरे हत्या
    • Bell Sanchar

    • ५ चैत्र २०७८, शनिबार

बेल्जियमका एक व्यक्तिले अपमानित महसुस गरेको करिब ३० वर्षपछि आफ्नी शिक्षिकाको हत्या गरेका छन् । ३७ वर्षका एक व्यक्तिले आफूले प्राथमिक स्कुलमा अपमानित महसुस गरेका थिए ।

यस घटनाको ३ दशकपछि सन् २०२० मा उनलाई चक्कुुले हानेर हत्या गरेका छन् । गुन्टर युवेन्ट्स नामका दोषीले अनुसन्धानकर्तालाई ५९ वर्षकी शिक्षिका मारिया भेरलन्डनले सन् १९९० को दशकमा कक्षाकोठामा कयौँ पटक उनीबारे कमेन्ट गरेको बताएका छन् । त्यतिबेला उनी सात वर्षका मात्रै थिए ।

 

सन् २०२० मा एन्टवर्पस्थित उनको घरमा भेट्न जाँदा आफूले नियन्त्रण गुमाएको उनले दाबी गरेका छन् । उनलाई चक्कूमार्फत् १०१ पटक प्रहार गरिएको थियो । उनी किचनमा मृत भेटिएकी थिइन् ।

बेल्जियम प्रहरीले यो घटनामा कयौ शंकास्पदसँग बारम्बार सोधपुछ गरेको थियो । साथै, उनका हत्याराबारे पत्ता लगाउन सयौँ डीएन नमुनाको पनि जाँच गरेको थियो । तर पनि यो केस १६ महिनादेखि सुल्झिन सकेको थिएन । मारियाका पतिले साक्षीका लागि सार्वजनिक रुपमा अपिल पनि गरेका थिए ।

द गार्जियनका अनुसार पैसाले भरिएको उनको पर्स उनको शव नजिकै थियो । यसले उनी हिंस्रक डकैतीको शिकार भएकी होइनन् भन्नेतर्फ इंगित गर्दथ्यो । सन् २०२० को २० नोभेम्बरमा हत्याको १६ महिनापछि युवेन्टसले एक साथीसँग अपराध स्वीकार गरेका थिए । उनैले प्रहरीलाई यसबारे जानकारी दिएका थिए । त्यसलगत्तै प्रहरीले उनलाई गिरफ्तार गरेको थियो ।

युवेन्टसको डीएनए मिलान हत्याको स्थानमा पाइएको निशानका साथ गरिएको थियो । यसपछि नै समाधान हुन नसकेको हत्या मामिला सार्वजनिक भएको छ । प्रहरीको सोधपुछपछि हत्याराले सबै कुराको बयान दिएका छन् । यो सुनेर अनुसन्धानकर्ता पनि अचम्ममा परेका थिए । युवेन्टसलाई मंगलबार एक

न्यायाधीशको सामु पेश गरिएको थियो र हत्याको आरोपमा हिरासतमा लिइएको छ ।

साताकाे चर्चित
सम्बन्धित