आजदेखि ग्रीन भेन्चर्सको आईपीओ सर्वसाधारणको लागि खुल्ला
आजदेखि ग्रीन भेन्चर्सको आईपीओ सर्वसाधारणको लागि खुल्ला

बाँकी रहेको २८ लाख ७५ हजार कित्ता शेयरका सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    • Bell Sanchar

    • ८ चैत्र २०७८, मंगलवार

आजदेखि ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणको लागि आईपीओ जारी गरेको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मुल्यका ३१ लाख २५ हजार कित्ता आईपीओ खुल्ला गरेको हो ।

कम्पनीले जारी गरेको शेयरमध्ये ३ प्रतिशत (९३ हजार ७५०) कित्ता शेयर कर्मचारी, ५ प्रतिशत (१ लाख ५६ हजार) कित्ता सामुहिक लगानी कोषका लागि छुट्टाएको छ । बाँकी रहेको २८ लाख ७५ हजार कित्ता शेयरका सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

संस्थाले आज जारी गरेको आईपीओ मा न्युनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्ताको लागि चैत्र ११ गतेसम्म आवेदन दिन सकिन्छ । माग अनुसार आवेदन नआएमा चैत्र २२ गतेसम्मका आवेदन दिन सकिने कम्पनीले व्यवस्थ ागर्ने भएको छ।

साताकाे चर्चित
सम्बन्धित