यश स्टारर् ‘केजीएफ च्याप्टर–२’को पाँच भाषामा ट्रेलर रिलिज (भिडियो)
यश स्टारर् ‘केजीएफ च्याप्टर–२’को पाँच भाषामा ट्रेलर रिलिज (भिडियो)
    • Bell Sanchar

    • १४ चैत्र २०७८, सोमबार

साउथका सुपरस्टार यश स्टारर् ‘केजीएफ च्याप्टर–२’को अफिसियल ट्रेलर रिलिज भएको छ । आइतबार भारतको बैंगलुरुमा आयोजित एक भव्य कार्यक्रममा निर्माण टिमले कन्नडा, हिन्दी, तेलुगु, तमिल र मलायालम गरी पाँच वटा भाषामा ‘केजीएफ च्याप्टर–२’को ट्रेलर सार्वजनिक गरेको हो ।

फिल्ममा अभिनेता यश, सञ्जय दत्त, श्रीनिधी शेट्टी, रविना टण्डन, प्रकाशराज, माल्भिका अभिनाश, अच्युत कुमार, आयाप्पा पी शर्मा, राव रमेश, ईश्वरी राव, अर्चना जोइस, टीएस नागाभारना, सरन, अभिनाश, भशिष्टा सिम्हा, हरिश राईलगायतको मुख्य भूमिका रहेको छ । फिल्मलाई प्रशान्थ नीलले लेखन तथा निर्देशन गरेका हुन् ।

रितेश शिद्वानी, फर्रान अख्तार र एए फिल्म्सले प्रस्तुत गरेका ‘केजीएफ च्याप्टर–२’लाई विजय किरागन्दुरले निर्माण गरेका हुन् । यो फिल्मको कार्यकारी निर्माताको रुपमा कार्थिक गोद्वा र केभी रामा राव रहेका छन् । अन्भरिभको एक्शन तथा हर्ष र मोहनको कोरियोग्राफी रहेको यस फिल्मलाई उज्वल कुलकर्नीले सम्पादन गरेका हुन् ।

फिल्मको ट्रेलर हेरिसकेपछि सबै कलाकारहरु आ–आफ्नो भनाइ राखेका थिए । अभिनेत्री श्रीनिधी शेट्टीको यो डेब्यू फिल्म हो । डेब्यू फिल्ममा नै रकिङ स्टार यशको को–स्टारको रुपमा काम गर्न पाउँदा निकै भाग्यमानी भएको बताइन् ।

त्यस्तै अभिनेता यशले पनि पहिलो फिल्म भएतापनि अभिनेत्री श्रीनिधीले उत्कृष्ट काम गरेकी बताए । श्रीनिधीको कामको तारिफ गर्दै यशले भने, ‘उनी भाग्यमानी छन् । उनको यो पहिलो फिल्म भएपनि निकै राम्रो काम गरेकी छन् ।

यसका साथै अर्का अभिनेता सञ्जय दत्तले पनि अभिनेता यशको साथमा काम गर्न पाउँदा निकै खुसी लागेको बताएका थिए । यो फिल्म अप्रिल १४ देखि विश्वभरका हलहरुमा रिलिज गरिने निर्माण टिमले जानकारी गराएको छ ।

साताकाे चर्चित
सम्बन्धित