बाढी प्रभावित क्षेत्रलाई रु १४ करोड सहायता  
    बाढी प्रभावित क्षेत्रलाई रु १४ करोड सहायता  
    • Bell Sanchar

    • २६ चैत्र २०७८, शनिबार

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज मेलम्ची बाढीले पु¥याएको क्षतिको अवलोकन तथा निरीक्षण गर्नुभएको छ । अवलोकनपश्चात मुख्यमन्त्री पाण्डेले बाढीपीडित सरोकार समितिले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै तत्कालका लागि नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि भू–संरक्षणमार्फत चार करोड बजेट निकासा भएको जानकारी दिनुभयो ।

उहाँले द्रुतगतिमा काम गर्न निर्देशन दिँदै रु १० करोड रकम थप गर्ने योजना रहेकोसमेत उल्लेख गर्नुभयो । मुख्यमन्त्री पाण्डेले यस भेगमा बाढीले अतुलनीय क्षति पु¥याएको भन्दै तत्काल आवश्यकता अध्ययन गरी काम थाल्न निर्देशनसमेत दिनुभयो । उहाँले बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा, पशुपक्षी राज्यमन्त्री इन्द्रमाया गुरुङ, पूर्व सामाजिक विकासमन्त्री युवराज दुलाललगायतलाई सहजीकरण गर्न आग्रह गर्नुभयो ।

उहाँले रु ५० लाखभन्दा बढी बजेटको ठेक्का गर्नुपर्ने प्रदेशको प्रावधान रहेकाले हेलम्बु, मेलम्ची र पाँचपोखरीमा रु ५०–५० लाखको योजना बनाएर उपभोक्ता समितिमार्फत तत्काल कार्य गर्न अनुरोध गर्नुभयो । पाण्डेलाई विज्ञको सुझावका आधारमा तयार पारेर मेलम्ची नगरपालिकालाई बुझाएको प्रतिवेदनका बारेमा समेत मेलम्ची नगरप्रमुख डम्बर अर्यालले जानकारी गराउनुभयो ।

बाढीपीडित सरोकार समितिको तर्फबाट कार्यक्रममा समितिका संयोजक उपेन्द्र तामाङ मुख्यमन्त्री पाण्डेलाई विभिन्न माग राख्दै ध्यानाकर्षणपत्र बुझाउनुभएको थियो । त्यस्तै उहाँ आजै हेलम्बु क्षेत्रमा पुगी त्यहाँका स्थानीयवासीका गुनासो सुन्नुभयो । असार १ र त्यसपछिको बाढीले मेलम्ची, हेलम्बु र पाँचपोखरी क्षेत्रमा ठूलो जनधनको क्षति गरेको थियो ।

साताकाे चर्चित
सम्बन्धित