सिंजा गाउँपालिका माओवादी केन्द्रले गर्यो घोषणा पत्र सार्वजनिक
सिंजा गाउँपालिका माओवादी केन्द्रले गर्यो घोषणा पत्र सार्वजनिक
    • Bell Sanchar

    • १७ बैशाख २०७९, शनिबार

अध्यक्षका उम्मेदवार पूर्णप्रसाद धितालले जारी गरेको घोषणापत्रमा सिञ्जा सभ्यतालाई संरक्षण गर्न विश्व सम्पदा सूचीमा लिखित दस्तावेजीकरण देखी सिँजा खस संग्राहलय निर्माण कार्यमा जोड दिने सहितका बिषयको घोषणापत्रमा समेटेका छन् ।
माओवादी केन्द्र सिंजाले सिँजा गाउँपालिकामा पत्रकार भेटघाटमा चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा प्रत्येक वडा कार्यालयका केन्द्रहरुमा १० घर नयाँ शहरको स्थापना गर्ने, उपभोक्ता समितिबाट लागु नगरी श्रम संगठन वनाएर सिधै खातामा श्रमको पारिश्रमिक पाउने व्यवस्था गर्ने, यूवालाई रोजगारीमा प्रथामिकता दिने, नतिजाको आधारमा शिक्षक प्रोत्साहित तथा पुरस्कृत तथा देश भ्रमणको व्यवस्था गर्ने, विद्यार्थीको औषध उपलब्धी पाँच बर्षमा ६० प्रतिशत पुरयाउने गरिने उम्मेदवार धितालले घोषणापत्रमा उल्लेख छन् ।

घोषणा पत्रमा सवै विद्यालयमा इन्टरनेट जडान, पक्कि भवन देखि आधारभुत व्यवस्थापनामा जोड दिईने छ । सिजाका अति विपन्न नागरिकका लागि आवास व्यवस्थापन गरिने छ । घोषणापत्रमा सिंजा गाउँपालिकालाई सूचनामैत्री गाउँपालिकाको रुपमा विकास गरिनेछ ।
सवै नागरिकको स्वास्थ्य वीमा

सिंजा गाउँपालिका भित्रका सवै नागरिकको निशुल्क स्वास्थ्य वीमा गरिने घोषणापत्रमा उल्लेख छ । उपचारनै गर्न नसक्ने अवस्थाका नागरिकलाई यो नीति अत्यन्तै राम्रो हुने गाउँपालिकाले जनाएको छ । कृषिमा एक गाउँ एक कृषि उत्पादन र सहकारी उत्पादन बजारीकरणमा जोड गरिने भएको छ ।

शिक्षामा पढ्दै सिक्नै र उत्पादन गर्दै काममा प्रथामिकता दिने कामको जोड दिईने छ । अध्यक्षका उम्मेदवार धितालले यो नीति कम्यूनिष्ट नमूना नीति भएको बताए । युवालाई रोजगार दिने बिषय प्रथामिकतामा पर्ने भएको छ । हरेक घरको एक जनालाई रोजगारमा जोड्ने नीति ल्याईने जिल्लाकै नीति साथमा लिईने बताईएको छ ।

सिंजा गाउँपालिकाको आफ्नै भवन निर्माण गरि सुचारु गरिने, राजमार्ग देखि पालिका सम्मको बाटो कालोपत्रे गर्ने घोषणा पत्रमा उल्लेख छ । भेडापालन व्यवसायलाई प्रवर्धन गरि ऊन र राडिपाखी उत्पादनमा जोड दिईने बताईएको छ । जलजमिन जडिवुटिबाट प्राप्त लाभलाई राजश्वको दायरमा ल्याईने माओवादी केन्द्र सिजाको घोषणापत्रमा उल्लेख छ ।

घोषणपत्र सार्वजनिक कार्यक्रममा माओवादी जुम्लाका इन्चार्ज तथा केन्द्रीय सदस्य गजेन्द्रबहादुर महतले युवालाई रोजगार दिने बनाउने जिल्ला पार्टीको नीति रहेको बताए । उनले उपभोक्ता पद्धतिले झन समस्या ल्याएको भन्दै सरकारको रोजगार नीति अनुसार अव प्रत्येक घरको एक जनालाई स्वरोजगार वनाउन जोड दिनुपर्ने बताए ।

साताकाे चर्चित
सम्बन्धित