काँग्रेस कामपा–४ का वडाअध्यक्षका उम्मेद्धार रामप्रसाद न्यौपानेको घरदैलो अभियान तीव्र
काँग्रेस कामपा–४ का वडाअध्यक्षका उम्मेद्धार रामप्रसाद न्यौपानेको घरदैलो अभियान तीव्र
    • Bell Sanchar

    • १८ बैशाख २०७९, आईतवार

नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं ४ को घरदैलो अभियानले तीव्रता पाएको छ । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेस कामपा–४ का सभापति रामप्रसाद न्यौपानेले वडा अध्यक्षको टिकट पाएसँगैै घरदैलो अभियानले तीव्रता पाएको हो । न्यौपानेले आज चुनदेवी क्षेत्रमा घरदैलो अभियान गर्नुभएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं ४ मा विशालनगर, चण्डोल, चुनदेवी, वालुवाटार, पञ्चकन्या, गणेशवस्ती, चप्पल कारखाना, प्रगती टोल, धुम्बाराही, रारामार्गलगायतका क्षेत्र पर्दछन् ।

उक्त क्षेत्रमा काँग्रेसबाट वडा सदस्यमा सुवर्ण सिलवाल, सञ्जय श्रेष्ठ, महिला सदस्यमा सावित्री थापा खनाल र दलित महिला सदस्यमा सीता दमाईले उम्मेद्वारी दिनुभएको छ । उक्त वडामा १६ हजारभन्दा बढी मतदाता रहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित