महिलाको शव फेला
महिलाको शव फेला
    • Bell Sanchar

    • २७ बैशाख २०७९, मंगलवार

रुकुम(पूर्व) मा एक महिलाको शव फेला परेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–११ मा सोमबार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो ।

सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयवासीले जङ्गलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिए ।

शव परीक्षणका लागि रुकुम(पूर्व) अस्पताल ल्याइँदैछ । शव परीक्षणको रिपोर्ट आएपछि मात्र घटनाबारे सत्यतथ्य खुल्ने डाँगीले बताए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

साताकाे चर्चित
सम्बन्धित