कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा एकीकृत समाजवादी विजयी
कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा एकीकृत समाजवादी विजयी
    • Bell Sanchar

    • ५ जेष्ठ २०७९, बिहीबार

कैलालीको घोडाघोडी नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । घोडाघोडीको मेयरमा नेकपा एकीकृत समाजवादीका खडकबहादुर रावत र उपमेयरमा नेपाली कांग्रेसकी गुलियादेवी चौधरी निर्वाचित भएका हुन् ।

रावतले १३ हजार १२८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ममताप्रसाद चौधरीले ८ हजार २४१ मत ल्याए । उपमेयरमा निर्वाचित चौधरीले १२ हजार २७० मत पाउँदा उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी करुणा बम बटालाले ६ हजार ९६३ मत पाएकी छन् ।

एकीकृत समाजवादी पार्टीले कैलालीको चुरे गाउँपालिकामा अध्यक्ष र घोडाघोडीमा मेयर पाएको थियो । चुरे गाउँपालिकामा एमालेसँग पराजित भए पनि घोडाघोडीमा भने एकीकृत समाजवादी मेयर जित्न सफल भएको हो ।

साताकाे चर्चित
सम्बन्धित