७८ प्रतिशत ज्वरोका विरामी निको भए उत्तर कोरियामा
७८ प्रतिशत ज्वरोका विरामी निको भए उत्तर कोरियामा
    • Bell Sanchar

    • ९ जेष्ठ २०७९, सोमबार

उत्तर कोरियाका ७८ प्रतिशत ज्वरोका विरामी निको भएका छन। कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जनाएअनुसार केही दिनदेखि यहाँ ज्वरोको प्रकोप बढेको थियो र अहिलेसम्म ७८ प्रतिशत भन्दा बढी निको भएका छन् ।

यहाँ अप्रिलको अन्तिम तिरबाट ठूलो संख्याका नागरिकमा ज्वरोको प्रकोप बढेको थियो । त्यस प्रकोपमा कम्तीमा पनि  २६ लाख ४० हजार नागरिक परेका थिए । उनीहलाई केहीलाई अस्पताल भर्ना गरिएको थियो भने केहीको घरमै उपचार भएको थियो ।शनिबार रातिसम्ममा २० लाख ६० हजार ज्वरोका विरामी निको भएका थिए, भने अरु केहीलाई उपचार जारी रहेको बताइएको छ ।

सो समाचार समितिकाअनुसार यहाँ ज्वरोको प्रकोपका कारण ६७ जनाको ज्यान गएको थियो । सुरुमा ज्वरो मात्र भनिएकामा पछि यहाँका कतिपय नागरिकमा कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो । तर उत्तर कोरियाली सरकारले कोरोनाको प्रकोप नभएर ज्वरो मात्र भएको बताएको छ ।

साताकाे चर्चित
सम्बन्धित