सोमबार थप १० जनामा कोरोना पुष्टि, १६ जना निको
सोमबार थप १० जनामा कोरोना पुष्टि, १६ जना निको
    • Bell Sanchar

    • ९ जेष्ठ २०७९, सोमबार

पछिल्लो २४ घण्टामा देशभर थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २ हजार २२३ जनाको पिसिआर नमुना परीक्षण गर्दा ८ जनामा र ५३५ जनाको एन्टीजेनबाट नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टी भएको हो।

आज देशभर सक्रिय संक्रमितको संख्या १३३ रहेको छ। त्यसैगरी आईसीयूमा र भेन्टीलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ। त्यसैगरी आज थप १६ जना निको भई डिस्चार्ज भएका छन्।

साताकाे चर्चित
सम्बन्धित