शून्य घर सुत्केरी देखि समावेशी आवासीय विद्यालय स्थापना, सिंजा गाउँपालिका अध्यक्ष धितालकाे पहिलो निर्णय
शून्य घर सुत्केरी देखि समावेशी आवासीय विद्यालय स्थापना, सिंजा गाउँपालिका अध्यक्ष धितालकाे पहिलो निर्णय
    • Bell Sanchar

    • १० जेष्ठ २०७९, मंगलवार

जुम्लाको सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पुर्णप्रसाद धितालले पालिका भित्र शुन्य घर सुत्केरीकाे अवधारणा १ बर्ष भित्र पुरा गर्ने देखि ५ बर्ष भित्र कक्षा १ देखि ५ सम्मको आधारभुत विद्यालय तहमा शैक्षिक उपलब्धि स्तर ६० प्रतिशत पुर्याउने सम्म पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ । आइतबार गाउँपालिकाकाे कार्यालयमा पदभार ग्रहण गर्दै गाउँपालिका अध्यक्ष धितालले समावेशी आवासीय विद्यालय स्थापना गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

गाउँपालिकाकाे निमार्णधिन प्रशासकीय भवन तत्काल निमार्ण गरि सुचारु गरिने भएको छ । पालिका स्तरीय रंगशाला निर्माणमा विशेष जाेड दिइने नवनिर्वाचित अध्यक्षले निर्णय गर्नु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले जानकारी दिनुभयो ।

पालिकाकाले प्रदान गर्दै आएको सेवालाई व्यवस्थित, विश्वसनिय र प्रभावकारी बनाउन तथा नागरिकको सहज पहुँच पुर्याउनका लागि सुचना प्रविधिको प्रयोग गर्दै गुणस्तरीय सेवाको सुनिश्चितता गर्ने पनि गाउँपालिकाका अध्यक्ष धितालले हस्ताक्षर गरेको निर्णयमा उल्लेख छ ।

साताकाे चर्चित
सम्बन्धित