रिलायन्स लाइफले ग¥यो ४१ लाख मृत्यु दाबी रकम भुक्तानी   
रिलायन्स लाइफले ग¥यो ४१ लाख मृत्यु दाबी रकम भुक्तानी   
    • Bell Sanchar

    • ११ जेष्ठ २०७९, बुधबार

रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीले इलाममा बुधबार मृत्यु दाबी रकम भुक्तानी गरेको छ । बिमित प्रवीण चापागार्इंको परिवारलाई इलाम सदरमुकाममा एक कार्यक्रमबीच ४१ लाख ७५ हजारको चेक हस्तान्तरण गरिएको हो ।

जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र इलाम नगरपालकाका प्रमुख केदार थापाले संयुक्त रुपमा सो चेक मृतककी श्रीमती सीमा चापागाईंलाई हस्तान्तरण गर्नुभएको हो । गत ७८ साल चैत महिनामा बीमा गर्नुभएका निर्माण व्यवसायी प्रवीण चापागाईंको पाँच महिनापछि मृत्यु भएको थियो । पचास लाखको बीमा गर्दा पहिलो किस्ता बापतको चार लाख २५ हजार तिर्नुभएका उहाँको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापक सूर्यप्रकाश गुप्ताले बीमा बचतसँगै आर्थिक जोखिम बहन गर्ने माध्यम भएको चर्चा गर्नुभयो । उहाँले बीमा कम्पनीमा जीवन बीमा गरी आफ्नो र परिवारको आर्थिक जोखिम न्यूनीकरण गर्नसमेत आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख बराल, इलाम नगरपालिकाका प्रमुख थापा, इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ इलामका अध्यक्ष विप्लप भट्टराई, निर्माण व्यवसायी सङ्घ इलामका उपाध्यक्ष निरोज राउत लगायतले बीमा कम्पनीले गराएको आर्थिक सहायताको प्रशंसा गर्नुभयो ।

कम्पनी इलाम शाखाका प्रबन्धक लक्ष्मण चौलागाईंले स्थानीय तहहरूले पनि कार्यक्रम निर्माण गर्दा बीमाको पहुँचमा आफ्ना नागरिक पुग्न सक्नेमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिकप्रति उत्तरदायी बन्न सहुलियत दिने खालका कार्यक्रम ल्याउन सुझावसमेत दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित