७५२ पालिकाको अन्तिम मतपरिणाम यस्तो छ
७५२ पालिकाको अन्तिम मतपरिणाम यस्तो छ
    • Bell Sanchar

    • १३ जेष्ठ २०७९, शुक्रबार

गत बैशाख ३० गते भएको स्थानिय तह निर्वाचनको नतिजा आउन अब एक नगरपालिका मात्र बाँकी छ । हालसम्म देशभरका ७५२ स्थानिय तहको मतपरिणाम आइसकेको छ । जसमा नेपाली कांग्रेसले ३ सय २८ पालिकामा प्रमुख पद जितेको छ । भने एमालेले २ सय ५ र  माओवादी केन्द्रले १ सय २१ वटा पालिकामा प्रमुख पद जितेको छ ।

यस्तै जनता समाजवादी पार्टीले ३०, नेकपा (एकीकृत समाजवादी) ले २०, लोसपाले १६, राप्रपा, जनमोर्चा, नागरिक उन्मुक्ति पाटीले ४/४, जनमत पार्टीले २, नेमकिपा, जनता प्रगतिशील, तमलोपा र विवेकशील साझाले १/१ र  स्वतन्त्रले १३ पालिकामा प्रमुखमा निर्वाचित भएका छन् ।

अब बाजुराको बूढीगङ्गा नगरपालिकाको मात्र अन्तिम मत परिणाम आउन बाँकी रहेको जनाइएको छ ।

देशभरका ७ सय ५३ पालिकामध्ये बाजुराको बूढीगङ्गा नगरपालिकाबाहेक अरु सबैको अन्तिम नतिजा आएको छ ।

जनता समाजवादी पार्टीले ३०, नेकपा (एकीकृत समाजवादी) ले २०, लोसपाले १६, राप्रपा, जनमोर्चा, नागरिक उन्मुक्ति पाटीले ४/४, जनमत पार्टीले २, नेमकिपा, जनता प्रगतिशील, तमलोपा र विवेकशील साझाले १/१ र  स्वतन्त्रले १३ पालिकामा प्रमुख पद जितेका छन् ।

पछिल्लो पटक काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित हुनुभएको छ । ७ सय ५३ वटा पालिकामा ३५ हजार २ सय २१ जना प्रतिनिधि चुन्न गएको वैशाख ३० गते मतदान भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित