फोहोर बोकेर काठमाडौं फर्किए टिपर बञ्चरेडाँडामा स्थानीय र प्रहरीको झडपपछि
फोहोर बोकेर काठमाडौं फर्किए टिपर बञ्चरेडाँडामा स्थानीय र प्रहरीको झडपपछि

काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडामा पुगेका टिपरहरू फर्किएका छन्।

    • Bell Sanchar

    • २५ जेष्ठ २०७९, बुधबार

बुधबार पनि स्थानीयले लगातार अवरोध पुर्‍याएपछि फोहोरको टिपर फर्किएका हुन्।  प्रहरी नै परिचालन गरी बञ्चरेडाँडामा फोहोरको टिपर लगिए पनि स्थानीयले  ढुंगामुढा गरेपछि टिपर तोडफोड हुनसक्ने भन्दै फोहोरसहित फर्काइएको हो।

त्यहाँका स्थानीयहरू बञ्चरेडाँडामा कुनै हालतमा फोहोर फाल्न नदिने अडान राखेका छन्। मंगलबार पनि प्रहरीले आफूहरुमाथि बल प्रयोग गरेको भन्दै आक्रोशित स्थानीयले आज फोहोर फाल्न नदिने अडान राखेका छन्। फोहोर बोकेर बन्चरेडाँडा गएका सवारी साधनलाई स्थानीयले बीचमै रोकेका थिए।

यता काठमाडौंका सडक गल्लीहरुमा करिब दुई सातादेखि फोहाेर उठ्न सकेको छैन। राजधानी दिनप्रतिदिन दुर्गन्धित हुँदै गएको छ। सहरका सडक पेटीमा फालिएका फोहाेर कुहिन थालेका छन्। यसबाट सर्वसाधारणहरु प्रभावित भइरहेका छन्। कुनै पनि बेला स्वास्थ्यजन्य समस्या आउन सक्ने चेतावनी चिकित्सकहरुले दिइरहेका छन्।

साताकाे चर्चित
सम्बन्धित