देशभर मनसुनी वायुको प्रभाव, रातिसम्म वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव, रातिसम्म वर्षाको सम्भावना
    • Bell Sanchar

    • १९ असार २०७९, आईतवार

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम विभागले जनाएको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही  प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका  केही स्थानहरुमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

विभागका अनुसार आज रातिसम्म सामान्य तथा आंशिक बदली रहनेछ ।

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागको भनाइ छ ।

साताकाे चर्चित
सम्बन्धित