सिजनको प्रिमियर लिगमा म्यानचेस्टर सिटी र लिभरपुललाई कुन-कुन टिमले दिन सक्लान् टक्कर?
सिजनको प्रिमियर लिगमा म्यानचेस्टर सिटी र लिभरपुललाई कुन-कुन टिमले दिन सक्लान् टक्कर?

यी दुई पावरहाउबाहेक अरू टिमको पनि सिजनको लिग जित्ने सम्भावनालाई भने नकार्न सकिनदैन।

    • Bell Sanchar

    • १८ श्रावण २०७९, बुधबार

म्यानचेस्टर सिटी र लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि होडमा पछिल्ला वर्षमा एकअर्काका चिरप्रतिस्पर्धी हुन्।

सिटी र लिभरपुलले पछिल्ला वर्षमा गरेको प्रदर्शनले इंग्लिस फुटबलको स्तरलाई समेत बढाएको छ।

पछिल्ला पाँच सिजनमा पेप ग्वार्डिओलाको सिटीले चार पटक ट्रफी उचालेको छ। जबकी क्लोपको लिभरपुलले एक पटक उपाधि जितेको छ।

सिटीले नर्वेजियन गोल मेसिन एर्लिङ हालान्ड र इङ्ल्यान्डका मिडफिल्डर काल्भिन फिलिप्सलाई अनुबन्ध गरेर टिमलाई अझ बलियो बनाएको छ।

लिभरपुलले साडियो मानेको स्थानमा डार्विन नुनेजलाई ल्याएको छ। जसका कारण सिजन २०२२-२३ मा यी दुई टिम फेरि पनि उपाधि होडमा बलिया देखिएका छन्।

गत शनिबार कम्युनिटी शिल्डमा दुई टिम भिडेका थिए। जसमा नुनेजको उत्कृष्ट प्रदर्शनमा लिभरपुलले ३-१ ले  खेल जितेको थियो।

यी दुई पावरहाउबाहेक अरू टिमको पनि सिजनको लिग जित्ने सम्भावनालाई भने नकार्न सकिनदैन।

त्यसो भए यो सिजन सिटी र लिभरपुललाई चुनौती दिने सबैभन्दा बढी सम्भावना कुन-कुन टिमको छ?

चेल्सी

गत सिजन: तेस्रो

खेलाडी अनुबन्धन: रहिम स्टर्लिङ, कालिडो कोउलिबाली

खेलाडी आउट: एन्टोनियो रुडिगर, एन्ड्रियास क्रिस्टनसन, ड्यानी ड्रिंकवाटर, रोमेलु लुकाकु

च्याम्पियन म्यानचेस्टर सिटीबाट रहिम स्टर्लिङलाई हस्ताक्षर गरेर चेल्सीले टिममा सुधार ल्याउन चाहेको छ। रोमेलु लुकाकु एक सिजनको संघर्षपूर्ण खेलपछि इन्टर मिलानमा फर्केका छन्।

चेल्सी गत सिजन एक समय तालिकाको शीर्ष स्थानमा थियो। लिगको आधा खेल सकिएपछि चेल्सीको खेल खस्किदै गयो। काई हाभर्ट्ज, टिमो वर्नर र पुलिसिक जस्ता खेलाडीको साथ पाएको चेल्सीले कुनै पनि बेला प्रतिद्वन्द्वीमाथि दबाब दिन सक्छ।

जर्मन डिफेन्डर एन्टोनियो रुडिगरको स्थानमा सेनेगलका कप्तान कालिडो कोउलिबाली प्रवेश गर्दा चेल्सीमा थप आत्मविश्वास बढेको छ।

टोटनह्याम

गत सिजन : चौथो

खेलाडी अनुबन्धन: इभान पेरिसिक, फ्रेजर फोर्स्टर, यवेस बिसौमा, रिचार्लिसन, क्लेमेन्ट लेन्ग्लेट (लोन), जेड स्पेन्स

खेलाडी आउट: स्टिभन बर्गविजन, ज्याक क्लार्क

रिचार्लिसनलाई एभर्टनलाई ६० मिलियन पाउन्डमा टोटनह्यामले भित्र्याएको छ।  बिसौमाको आगमनले टिम थप बलियो भएको छ।

इभान पेरिसिकलाई फ्रि-ट्रान्फरमा भित्र्याउनुलाई एक चतुर चाल जस्तो देखिन्छ, किनकि क्रोएसियाका पेरिसिकले गत सिजन इटालियन सिए एको पछिल्ला खेलमा इन्टर मिलानका लागि आठ गोल र सात एसिस्ट गरेका थिए।

आर्सनल

गत सिजन :  पाँचौं

खेलाडी अनुबन्धन: मार्किन्होस, फाबियो भिएरा, माट टर्न, गाब्रियल जेसस, जिन्चेन्को

खेलाडी आउट: कोन्स्टान्टिनोस माभ्रोपनोस, अलेक्जेन्डर लाकाजेट, माटियो गुएन्डोजी

यो सिजन टिममा आबद्ध भएका नयाँ खेलाडीले टिमलाई बलियो बनाउदा आर्सनलले जुनसुकै टिमलाई चुनौती दिन सक्छ।

प्रशिक्षक मिकेल अर्टेटाले म्यानचेस्टर सिटीबाट ४५ मिलियन पाउण्डमा ब्राजिलियन स्ट्राइकर गाब्रियल जेसस भित्र्याएका छन्। अब उनले अग्रपंक्तिमा टिमको नेतृत्व गर्नेछन्।

गत सिजन आर्सनल औषत उमेरको आधारमा सबैभन्दा युवा टिम थियो। गत सिजन अनुभव बटुलेका युवा खेलाडीले यो सिजन उत्कृष्ट खेल्ने प्रशिक्षक अर्टेटाको विश्वास छ।

म्यानचेस्टर युनाइटेड

गत सिजन : छैठौं

खेलाडी अनुबन्धन: टायरेल मलासिया, क्रिस्टियन एरिक्सन, लिसान्ड्रो मार्टिनेज

खेलाडी आउट: डीन हेन्डरसन (लोन), एडिन्सन काभानी, जुआन माटा, पाउल पोग्बा, लिंगार्ड, ली ग्रान्ट (रिटायर्ड), नेमान्जा माटिक, एन्ड्रियास परेरा

म्यानचेस्टर युनाइटेडले पछिल्लो पटक प्रिमियर लिग जितेको यो सिजन १० वर्ष हुँदैछ। अब युनाइटेडलाई पुनरागमन गराउने प्रयास अयाक्सका पूर्व प्रशिक्षक एरिक टेन ह्यागले गर्नेछन्।

गत सिजन छैठौं स्थानमा रहेपछि युनाइटेडको प्रिमियर लिगमा सबैभन्दा खराब सिजन मध्येको एक बनेको थियो।

पाउल पोग्बा, लिङ्गार्ड र एडिन्सन काभानी लगायतका ठूला नामले सिजनमा टिम छाडेका छन्। सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पनि अन्तिमसम्म टिम छाड्न चाहेका थिए। विभिन्न समस्याका बावजुद पनि युनाइटेडको टिममा प्रतिभाशाली खेलाडी छन् उनीहरू कुनै पनि टिमका लागि सधैं चुनौती बन्न सक्छन्।

साताकाे चर्चित
सम्बन्धित