कतार प्रहरीको आकर्षक रोजगारी फेरी विवादमा,अवसर नगुमाऊन सरोकारवाला निकायलाई आग्रह
कतार प्रहरीको आकर्षक रोजगारी फेरी विवादमा,अवसर नगुमाऊन सरोकारवाला निकायलाई आग्रह
    • Bell Sanchar

    • २६ श्रावण २०७९, बिहीबार

कतार प्रहरीको आकर्षक रोजगारी फेरी विवादमा परेको छ । कतार प्रहरीको आकर्षक रोजगारीको पुर्व स्वीकृति निकालेको अल ताक्वेत ओभरसिजमा वैदेशिक रोजगार विभागको एक टोलि पूगी प्रक्रियाको बारेमा जानकारी लिएको छ । कतार प्रहरीमा पठाउने भनि अन्तर्वार्ताको मिति समेत तोकिएको विज्ञापन पत्रिकामा सार्वजनिक भएपछि विभागले अल ताक्वेत ओभरसिजसँग उक्त प्रक्रियाको बारेमा जानकारी लिएको हो । उक्त विज्ञापनको लागी बैदेशिक रोजगार विभागले नै स्वीकृत गरि लट नम्बर समेत दीईसकेको थियो ।

एक रास्ट्रीय दैनिक पत्रिकामा विज्ञापन निकालेको मेनपावरले साउन ३०,भदौ १ र २ गते अन्तर्वार्ताको मिति समेत तय गरिसकेको थियो । २०० जनाको डिमान्ड सबै कानूनी प्रक्रिया पुरा गरि पत्रिकामा विज्ञापन निकालिएको मेनपावर कम्पनीले बताएको छ । उक्त संस्थाले विभिन्न व्यक्तिहरुबाट लाखौ रुपैयाँ उठाएको भन्ने सूचना आएपछि बिभागको टोली पुगेको तेस्तो नभेटाएको विभागले जनाएको छ । गत बर्ष श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार प्रहरीको डिमान्ड श्रम सम्झौताअनुसार प्रमाणीकरण गर्न अनुमति दिएको थियो ।

विवाद भएपछि र समयमा पठाउन नसकेपछी गतबर्ष पनि अल ताक्वेत ओभरसिजले ल्याएको कतार प्रहरीको २ सय जनाको डिमान्ड कतारले अन्य देशलाई दिएको थियो । गत बर्ष मागपत्र दिएपनि विविध कारणले समयमा उडाउन नसकेपछि फेरी हाल कतारको आन्तरिक मन्त्रालयले अल ताक्वेत ओभरसिजलाई २ सय जना कतार प्रहरीको रोजगारी पाईलट प्रोजेक्टको रुपमा दिएको थियो । यो मागपत्र समयमा पुर्ति गर्न नसके नेपालबाट सधैका लागी कतार प्रहरीको रोजगारी गुम्ने कतार निकट स्रोतले बतायो । फेरी पनि कतार प्रहरीको रोजगारी विवादमा तानीएको छ । गत बर्ष ओभरसिजले कामदार भर्ना प्रक्रिया जारी राखेकै अवस्थामा समयमा पठाउन नसकेपछि कतारले अन्य देशवाट उक्त माग पुर्ति गरेको थियो ।

यसपटक पनि गत बर्षकै घटना दोहोरीने सम्भावना बढेको छ । कतार प्रहरीमा लामो समयदेखि नेपाली कामदार लैजाने चर्चा चल्दै र सेलाउदै आएको छ । यस्मा केहि मेनपावर ब्यावसायी र माफियाहरु उक्त माग आफ्नो हातमा पार्न भरमग्दुर प्रयास गरिरहेका थिए । तर, चर्चा भन्दा हल्ला बढी हुने गरेकाले उक्त आकर्षक रोजगारी अन्य देशमा पुगेको छ । अहिलेसम्म करिव ३०० नेपाली उक्त रोजगारीमा गएका छन । यसअघि २०७६ को फागुनमा १७९ जना नेपाली कामदारलाई कतार प्रहरीमा पुगेका थिए ।

उनीहरुको कार्य सन्तोषजनक र उत्कृस्ट भएपछि कतारको आन्तरिक मन्त्रालयले कतार प्रहरीमा नेपाली भर्ना गर्ने निर्णय गरेको थियो । तर, उक्त छनौट प्रक्रियामा विभिन्न चलखेल भएपछी अघिल्लो बर्ष पनि उक्त अवसर नेपालबाट गुमेको थियो । यसपटक पनि सबै कानूनी प्रक्रिया पुरा गरेर नेपाली कामदारलाई उक्त सुवर्ण अवसर दिलाउन खोजको मेनपावर कम्पनीले जनाएको छ ।

उक्त कम्पनीले हल्लाको पछि नलाग्न नेपाल सरकार,श्रम मन्त्रालय,बैदेशिक रोजगार विभागलगाएत सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ । अल ताक्वेत ओभरसिजले उक्त रोजगारीमा आफ्नै कम्पनीले पठाउनुपर्छ भन्ने पनि नभएकोले यो अवसर चाही नगुमाऊन सरोकार वाला सबै निकायलाई आग्रह गरेको छ । कम्पनीले आफूहरुले कानुनको पुर्णरुपमा पालना गरेर मात्रै कतार प्रहरीमा पठाउन लागेको जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित