काठमाडौँ क्षेत्र नं ६ बाट चुनाव लड्न लागेका सबुज बानिया को हुन् ?
काठमाडौँ क्षेत्र नं ६ बाट चुनाव लड्न लागेका सबुज बानिया को हुन् ?
    • Bell Sanchar

    • १२ भाद्र २०७९, आईतवार

काठमाडौँ, १२ भदौ ।

नेपाली काँग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाले काठमाडौँ क्षेत्र नं ६ बाट चुनाव लड्ने हुनुभएको छ । नेपाली काँग्रेस काठमाडौँको दोस्रोपटक सभापतिमा निर्वाचित हुनुभएका बानियाले आगामी मंसीर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट चुनाव लड्न लाग्नुभएको हो ।

विस २०७४ सालको प्रतिनिधीसभा तथा प्रदेश सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ मा नेपाली काँग्रेसका उम्मेदवार भीमसेनदास प्रधान विजयी हुनुभएको थियो । यसअघि लगातार दुईपटक सांसद निर्वाचित हुनुभएका प्रधानले यसपटक आफूलाई सांसदमा सघाउने विश्वास सभापति बानियाले लिनुभएको छ ।

काठमाडौँको बानियाटार स्थायी घर भएका बानिया विस २०५४ सालमा साविक गोँगबु गाउँ विकास समितिको वडा अध्यक्ष निर्वाचित हुनुभएको थियो । काँग्रेस काठमाडौँको जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधी हुँदै विस २०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनमा भीमसेनदास प्रधानलाई पराजित गर्दैै बानिया काठमाडौँको जिल्ला सभापति बन्नुभएको थियो ।

काँग्रेसका अधिकाशं नेता तथा कार्यकर्ता भने सँधै एउटै व्यक्तिलाई उम्मेदवार नबनाई नयाँ व्यक्तिलाई अवसर दिनुपर्ने पक्षमा रहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित