कर्णालीका दुई मन्त्रीले दिए राजीनामा
कर्णालीका दुई मन्त्रीले दिए राजीनामा
    • Bell Sanchar

    • १३ भाद्र २०७९, सोमबार

सुर्खेत । कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले आज राजिनामा दिएका छन् । नेकपा (माओवादी केन्द्र)बाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजिनामा दिनुभएको हो ।

माओवादी केन्द्र संसदीय दलले उनीहरूलाई सरकारबाट फिर्ता बोलाएपछि मन्त्री पदबाट राजिनामा दिनुभएको हो । राजिनामा पत्र बुझे लगत्तै मुख्यमन्त्री जीवनबहादुर शाहीले दुवैको राजिनामा स्वीकृत गरी सक्नुभएको छ ।

उहाँहरूको राजिनामासँगै सरकारले सोमबार नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेको छ । सरकारको मन्त्रिपरिषद्लाई समावेशी बनाउन मन्त्री परिवर्तन गर्न लागिएको जनाइएको छ ।

सोमबार नयाँ मन्त्रीको नियुक्त हुने मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो । माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले मन्त्रीका लागि सांसद रातो कामी र कृष्णा शाहलाई सिफारिस गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित