बाइकबाट ‘मोबाइल स्ट्यान्ड’ हटाउनु पर्ने
बाइकबाट ‘मोबाइल स्ट्यान्ड’ हटाउनु पर्ने
    • Bell Sanchar

    • १५ भाद्र २०७९, बुधबार

१५ भदौ, काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ राख्न रोक लगाएको छ । राइड सेयरिङ एप कम्पनीहरुलाई पत्र लेख्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्यस्ता स्ट्यान्ड हटाउन निर्देशन दिएको हो ।  अहिले अधिकतम् रूपमा राइड सेयरिङ’ गर्ने  बाइकहरूले यस्तो स्ट्यान्ड प्रयोग गरिरहेका छन् ।

यस्ता स्ट्यान्डले बाइकल मोडिफिकेसन भएको ठहर गर्दै ट्राफिकले प्रयोगमा रोक लगाएको हो । यसले दुर्घटनाको जोखिम समेत बढाएकाले बाइकहरुमा यस्ता स्ट्यान्ड र मोबइल अड्याउने कुनै प्रकारका वस्तु नराख्न निर्देशन दिनु परेको एक ट्राफिक प्रहरी अधिकारी जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित