आईपीओ निष्कासन गर्दै सिक्लेस हाइड्रोपावर
आईपीओ निष्कासन गर्दै सिक्लेस हाइड्रोपावर

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    • Bell Sanchar

    • २१ भाद्र २०७९, मंगलवार

काठमाडौं

सिक्लेस हाइड्रोपावर लिमिटेडले बुधबारबाट आयोजना धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि धितोपत्रको सार्वजनिक निष्कासन गरेर अब सर्वसाधारणको लागि आवेदन माग गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ५० लाख रुपैयाँको ११ लाख ५० हजार कित्ता सेयर सार्वजनिक निष्कासमा मार्फत बिक्री गर्न लागेको हो । जसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ । बाँकी रहेको १० लाख ५८ हजार कित्ता सेयरका लागि सार्वजनिक निष्कासन मार्फत आवेदन माग गर्ने तयारी गरेको हो ।

कम्पनीको आईपीओमा छिटोमा २ भदौ र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भने आवेदन दिने अवधि १२ भदौसम्म थप हुनेछ ।

इच्छुक स्थानीय लगानीकर्ताले आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फत आवेदन दिन सक्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आइपीओ निष्कासनको लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

यसअघि कम्पनीले ६ साउनदेखि आयोजना प्रभावित कास्कीको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरुका लागि जारी पुँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्कासन गरेकेा थियो ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

कास्कीको मादी गाँउपालिकामा कम्पनीले १३ मेगावाट क्षमताको मद्क्यु खोला जलविद्युत आयोजना निर्माण गरी १९ चैत २०७४ देखि विद्युत् उत्पादन गरिरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित