सहयोगको लागि आग्रह  
सहयोगको लागि आग्रह  
    • Bell Sanchar

    • १४ आश्विन २०७९, शुक्रबार

      विराटनगर, १४ असोज 
भनिन्छ ‘सास रहुन्जेल आश’ हुन्छ । आफूले जन्म दिएको छोराको दुवै मिर्गाैला काम नलाग्ने भएपछि आमाले सहयोगका लागि याचना गर्नुभएको छ । झापा गौरादह–६ जुरोपानीका २६ वर्षीय राजु खत्रीको दुवै मिर्गाैला ‘फेल’ भएपछि परिवारले सहयोगको अपिल गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै उहाँको परिवारले सहयोगको अपिल गरेको हो । “छोरोको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुनमा विराटनगरस्थित विराट नर्सिङ होममा ल्याएर जाँच गर्दा छोराको दुवै मिर्गाैला फेल भएको थाहा भयो ।”, राजुकी आमा सीतादेवी खत्रीले भन्नुभयो, “अब छोराको उपचारमा जुटेको छु, उसको स्वास्थ्य निकै खराब छ, रकमको अभाव पनि छ ।”

विराटनगरकै नर्सिङ होममा चेक गराएपछि राजुलाई केही समय बुढीगङ्गास्थित विराट टिचिङ अस्पतालमा राखिएको उहाँले बताउनुभयो । त्यहाँबाट फेरी काठमाडौँस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई महिना उपचारपछि अहिले फेरि विराट टिचिङ अस्पतालमा नै उपचार भइरहेको आमाले बताउनुभयो ।

“हालसम्म ४० पटकभन्दा बढी डाइलासिस गरिसकेको र मिर्गाैला प्रत्यारोपण गर्न धेरै रकम लाग्छ”, उहाँले भन्न्ुभयो, “औषधि खर्च जुटाउन पनि समस्या भइसकेको बेलामा मिर्गाैला कसरी प्रत्यारोपण गर्नु ? मेरो छोराको ज्यान जोखिममा छ । त्यसैले छोरोको ज्यान बचाउन सहयोगका लागि अपिल गरेकी छु ।” उहाँले सहयोग गर्न इच्छुकले प्राइम कमर्सियल बैंकमा रहेको खाता नं १०५००१११ अथवा ९८१६०४२२२९ र ९८२४०३००९८ मा सम्पर्क गरेर सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

  • सम्बन्धित विषय :
साताकाे चर्चित
सम्बन्धित