जुम्ला कारागार अस्थाई मतदान केन्द्रकाे : मतपेटिका निर्वाचन कार्यलयमा आइपुग्याे
जुम्ला कारागार अस्थाई मतदान केन्द्रकाे : मतपेटिका निर्वाचन कार्यलयमा आइपुग्याे

अहिलेसम्म कुनै पनि पालिकाका मतदान स्थलबाट मत पेटिका जुम्लाको खलंगामा आइपुगेकाे छैनन् ।

    • उमेश बुढा

    • ४ मंसिर २०७९, आईतवार

जुम्ला ।

जुम्लाका ८ ओटा पालिका मध्ये चन्दनाथ नगर पालिकाकाे कारागार कार्यलयकाे अस्थायी मतदान केन्द्रकाे मत पेटिका निर्वाचन कार्यलय जुम्लामा साढे पाँच बजे आइपुगेको छ ।

अहिलेसम्म कुनै पनि पालिकाका मतदान स्थलबाट मत पेटिका जुम्लाको खलंगामा आइपुगेकाे छैनन् ।

मुख्य निर्वाचन अधिकृत जुम्लाका विष्णुप्रसाद गौतमले जानकारी दिए । जुम्लाका सबै पालिकामा रहेका मतदान स्थलमा शान्त रुपमा मतदान भएकोछ गौतमले बताए ।

उनका अनुसार सबै मतदान स्थलमा मतदान गर्ने कार्य सकिएकाे छ । अब मत पेटिका राति १० बजे सम्म निर्वाचन कार्यलय जुम्लामा आई पुग्ने छन ।

जुुम्लामा सबै मतदान स्थलबाट सदरमुखाम खलंगामा मत पेटिका गाडीबाट ल्याउने प्रबन्ध मिलाइएको छ ।

जुम्लाको सबै भन्दा टाढा रहेकाे मतदान स्थल कनकासुन्दरी गाउँ पालिका पर्छ । याे गाउँ पालिकाकाे मतदान कार्य सकिएकाे छ ।

भने मतपेटिका सदरमुकाम ल्याउनकाे लागि तयारी भइरहेकाे छ । निर्वाचन कार्यलय जुम्लाले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित