जुम्लाकी किशोरी : ” लव पार्छु विवाह गर्दिन ” निर्मला आचार्य
जुम्लाकी किशोरी : ” लव पार्छु विवाह गर्दिन ” निर्मला आचार्य
    • उमेश बुढा

    • १३ मंसिर २०७९, मंगलवार

जुम्ला । जुम्लाको सिजा गाउँपालिका वडा नम्बर २ चुलेलगाऊँ स्थित १६ वर्षकी निर्मला आचार्य भन्नु हुन्छ , अहिले लव चाँही पार्छु तर विवाह २० वर्ष पुगे पछि र आफ्नो खुट्टामा उभिए मात्र गर्छु ।

विवाह भने गर्दिन,  तर लव पार्दा वितिकै सानो उम्मेरमा विवाह गर्नु भएन । लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियान बालविवाह न्युनिकरणका लागि अन्तरपुस्ता संवाद कार्यक्रममा आचार्यले बताइन् ।

संवाद कार्यक्रममा ईलाका प्रहरी चौकी नराकोटका इन्चार्ज गोविन्द बोहाराका अनुसार जुम्लाको सिजामा पनि गाउँ गाउँमा बाल विवाह गरेको देखिन्छ । तर प्रहरी चौकीमा भन्ने कुनै पनि बालविवाह सम्बन्धिका केशहरु आएको देखिदैन ।
यदि बालविवाह गर्ने, गराउने, जोसुकैलाई पनि प्रहरी चौकीमा मुद्दा आएमा मुद्दा अगाडि चलाउन तयार भएको बोहोराले बताए ।

बज्यैको पालामा , आमाको अवस्थामा र अहिले दिदिबहिनीहरुको बेला विवाह के कसरी जुम्लामा भइरहेकोछ । त्यो विषय सम्बन्धि १६ दिने लैङ्गकि हिंसा विरोध अभियान चलाको हो । प्लान इन्टरनेशनल नेपाल जुम्लाले जनाएको ।

कक्षा ९र १० पढ्दै गरेका छात्रछात्राले सानै उम्मेरमा विवाह गरेको देखिन्छ । यसले सानै उम्मेरमा विवाह गर्नाले धेरै सन्तान जन्मिने , पढ्नबाट वञ्चित हुने, आमा ,शिशुको स्वास्थ्य कतरा हुने र शारीरिक मानसिक रुपमा असर पर्ने हुनाले यसलाई रोक्नको लागि १६ दिने अभियान चलाएको लैङ्गकि हिंसा विरुद्ध न्युनिकरणका सहकर्ता निरज न्यौपानेले बताए ।

उनका अनुसार जुम्लामा भौतिक रुपमा विकास भए पनि मानवको लैङ्गकि हिंसा लगायतका विषयमा विकास हुन जरुरी देखिन्छ ।

कार्यक्रममा बोल्दै महिले मागी विवाह गरेकि हुँ । सिजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले बताइन् ।
विवाह गरेको ४ वर्षमा सन्तान जन्मे पनि ६ वर्ष सम्म श्रिमानसँग बोल्न सकेकी थिइन् । पहिला लव भन्नेकुरा मलाई के हो भन्ने थाँहा थिएन , अहिलेका केटाकेटीले त लव पार्छु त विवाह गर्छु भन्दा त अचम्म भएर आउछ रोकायाले बताइन् ।

यदि कोहि कसैले बालविवाह गर्यो , गरायो भने नेपाल सरकारको नियम अनुसार ३ वर्ष जेल , ३० हजार जरिवाना वा दुवै हुनसक्छ ।

लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान प्लान इन्टरनेशनल नेपाल र क्याड नेपालले चलाएको छ । यस भन्दा अगाडि पनि जुम्लामा चलाउदै आए पनि न्युनिकरण हुन सकेको छैन् ।

साताकाे चर्चित
सम्बन्धित