आर्यन र उपासना अभिनीत ‘डिसेम्बर फल्स’ को गीत सार्वजनिक (भिडिओ)
आर्यन र उपासना अभिनीत ‘डिसेम्बर फल्स’ को गीत सार्वजनिक (भिडिओ)
    • Bell Sanchar

    • १३ मंसिर २०७९, मंगलवार

अभिनेता आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘डिसेम्बर फल्स’ को गीत सार्वजनिक भएको छ।

मंगलबार ‘फकाउनै जानिनँ’ बोलको गीत सार्वजनिक गरिएको हो। निशान भट्टराई र मेलिना राईको स्वर रहेको गीतमा दिपक शर्माको शब्द तथा संगीत छ भने नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ।

भक्तपुर दरबार क्षेत्रमा खिचिएको गीतमा आर्यन र उपासना फिचर्ड छन्। यस गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्।

रोमान्टिक थ्रिलर जनरामा निर्माण भएको फिल्ममा आर्यन र उपासनासँगै सलोन बस्नेत, शिवहरि पौडेल, नगेन्द्र रिजाल, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, नरेश भट्टराई, सुमिन गुरुङ, जयन कुँवर, सुमन थापालगायत कलाकारको अभिनय छ। फिल्मको कथा बिपिका खनालले तयार पारेकी हुन्।

रामप्रसाद रिजाल प्रस्तुतकर्ता तथा निर्माता रहेको फिल्मलाई प्रविण झाले निर्देशन गरेका हुन्।

महेश आर गुप्ताले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका छन्।

यो फिल्म पुस १५ गतेदेखि प्रदर्शन हुनेछ।

साताकाे चर्चित
सम्बन्धित