सिँजा गाउँपालिकामा : 4g सेवा सञ्चालन
सिँजा गाउँपालिकामा : 4g सेवा सञ्चालन
    • Bell Sanchar

    • १३ पुष २०७९, बुधबार

जुम्ला । जुम्लाको सिँजा गाउँपालिका ४ धल्थाप्लामा रहेकाे ( NTC ) नमस्तेकाे टावरमा 4g सेवा सञ्चालन भएको छ।

पालिका अध्यक्ष पुर्ण प्रसाद धितालका अनुसार सिजा गाउँपालिका भित्र रहेका नागरिकलाई सुचना थाहाँ पाउनको लागि यो सेवा सञ्चालन गरेको हो ।

सिँजामा सर्व साधारणको घरमा वाइफाइ जडान नएकोले अब देखि जताततैबाट मोवालयलको डाटा खोलेर फेसबुक , नेट र इन्टरनेट सजिलै चलाउन सक्ने उद्येश्यले यो सेवा सुचारू गरेका अध्यक्ष धिताले भने , अहिले आधुनिक प्रविधिको बेला मान्छेले देश विदेशका गतिविधि थाहाँ पाउन सजिलै रुपले मोवायलबाट सेवा लिनको लागि 4g सेवा जडान गरेको धितालले बताए ।

जुनसुकै तालिम , गोष्ठी ,आयोग , अनलाइन फम भर्न , अनलाइन कलास लिन यहाँका मानिसलाई सजिलो होस् भन्ने हेतुले काठमाडौंबाट इन्जिनियरको टोली बोलायर द्धन सेवा सञ्चालन गरेर सेवा दिएको धितालले बताए ।

सिजामा यस अघि आकाशमा बादल आएर घाम नलागे पछि , र पानी पर्दा पनि फोन गर्न मिलेको थिएन । धिताल निर्वाचित भएको १ महिना लगत्तै टावरमा सैर्य व्याट्ररी समेत जडान गरेर फोन सेवा पनि सुचारु गरेका थिए ।

२४ घण्टा फोन गर्न र फुसबुक चलाउन पाउँदा सिँजावासी खुसी भएका छन् । घरमै बसी आफ्ना आफ्नत, स्टमित्र , साथीहरूलाई मोवायलबाट र भिडियो कल गरेर प्रत्क्षय देख्न पाएका छन् ।

आज ७५ प्रतिशत काम भएको र २५ प्रतिशत काम गर्न बाँकी भएकाले आज 4g सेवा परिक्षण गरेर जेहोस चलेको छ , तर विहिबार सम्म पुरा रुपमा सेवा चलिरहने इन्जिनियर
चन्द्रभुषण शाहले जानकारी दिए ।
वायुउर्जाको विद्दुत जडान बाँकी भोली जोडेर भोलिबाट सेवा सञ्चालन हुने शाहले बताए ।

साताकाे चर्चित
सम्बन्धित