बढ्यो सुनको मूल्य   
बढ्यो सुनको मूल्य   

यो सुन हिजो प्रतितोला रु एक लाख तीन हजार तीन सयमा कारोबार भएको थियो ।    

    • Bell Sanchar

    • २५ पुष २०७९, सोमबार
बढ्यो सुनको मूल्य   

काठमाडौँ,
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु छ सयले बढेर रु एक लाख तीन हजार नौ सय पुगेको छ । यो सुन हिजो प्रतितोला रु एक लाख तीन हजार तीन सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख दुई हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले बढेर प्रतितोला रु एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

साताकाे चर्चित
सम्बन्धित