लोकतन्त्रको रक्षाका लागि सक्रिय भूमिका खेल्छौँ : अध्यक्ष राउत   
  लोकतन्त्रको रक्षाका लागि सक्रिय भूमिका खेल्छौँ : अध्यक्ष राउत   

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले विश्वकै उत्कृष्ट व्यवस्थाको रक्षा गर्न

    • Bell Sanchar

    • २५ पुष २०७९, सोमबार

काठमाडौँ,
जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सीके) राउतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्मान गर्दै यो व्यवस्थाको दिगोपनाका लागि पार्टीले सक्रिय भूमिका खेल्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले विश्वकै उत्कृष्ट व्यवस्थाको रक्षा गर्न पार्टी जिम्मेवार ढङ्गले लाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गणतान्त्रिक व्यवस्थाप्रति हाम्रो उच्च सम्मान रहेको छ, त्यस्तै लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि पार्टीले सदैव अग्रणी भूमिका खेल्नेछ ।”

अध्यक्ष राउतले आफूहरुलाई संसद्मा पु¥याउन भूमिका खेल्ने जनताको अभिमतलाई धन्यवाद दिँदै आफ्नो निर्वाचन क्षेत्रबाट यसअघि निर्वाचित उम्मेदवारको पनि स्मरण गर्नुभयो ।

“आवेग र अग्रजप्रति पार्टीको सम्मान पनि छ । हामीभित्र देखिएको आवेग जनताभित्र रहेको परिवर्तनको आकाङ्क्षा हो, त्यसलाई सकारात्मक ऊर्जाका रुपमा उपयोग गर्न सकौँ भनेर यहाँ आएको छु”, उहाँले भन्नुभयो ।

नेपाल विविधतायुक्त मुलुक नेपालको समस्यालाई सामूहिकरुपमा समाधान गर्न सबै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले किसानले बेहोरिरहेको विभिन्न समस्याबारे सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित