नयाँ गीतले तोड्यो युट्युबको रेकर्ड शाकिराको
नयाँ गीतले तोड्यो युट्युबको रेकर्ड शाकिराको
    • Bell Sanchar

    • २ माघ २०७९, सोमबार

कोलम्बियन गायिका शाकिराको गीतले युट्युबमा नयाँ रेकर्ड कायम गरेको छ।

उनको गीत अपलोड भएको २४ घण्टामा ६३ मिलियन बढी भ्युज पाएर रेकर्ड राखेको हो।

चार मिनेट लामो यो पप गीत शाकिराले अर्जेन्टिनी प्रोड्युसर तथा डिजे बिजार्‍यापसँग सहकार्य गरेकी छन्। उनीहरूको यो पहिलो सहकार्य हो।

यो समाचार तयार पार्दा गीतले १०९ मिलियन बढी भ्युज पाएको छ।

यो गीत बार्सिलोनाका फुटबल खेलाडी तथा उनका पूर्वपति जेरार्ड पिकेले धोका दिएको विषयमा बनाइएको छ। उनले गीतमा पिकेकी २३ वर्षीया प्रेमीकाको समेत कुरा गरेकी छन्।

उनले पिकेकी प्रेमीकालाई कटाक्ष गर्दै गीतमार्फत भनेकी छन्, ‘म दुई २२ वर्षको उमेरको लायक छु।’

उनले गीतमा कर नतिरेको आरोपबारे स्पेनिस कर अधिकारीलाई पनि व्यंग्य गरेकी छन्। २०१२ देखि २०१४ सम्म आयकर नबुझाएको भन्दै उनलाई ८ वर्ष जेल सजाय हुने बताइएको थियो।

स्पेनिस अभियोजकले १४.५ मिलियन यूरो अर्थात् १८८ करोड रुपैयाँ बराबरको कर छली गरेको आरोप लगाएको थियो। शाकिराले उक्त दाबीलाई अस्वीकार गर्दै काल्पनिक कहानी बताएकी छन्।

केही समयअघि शाकिराले विज्ञप्ति जारी गर्दै सम्बन्धविच्छेद गर्न लागेको जानकारी दिएकी थिइन्।

यी दुईको भेट १२ वर्षअघि भएको थियो। सन् २०१० को विश्वकपमा शाकिराले ‘वाका वाका’ गीतको भिडिओ छायांकन गर्ने क्रममा उनीहरू नजिकिएका थिए। उनीहरूको दुई सन्तान मिलान र साशा छन्।

 

साताकाे चर्चित
सम्बन्धित